काठमाडौं । ब’ लात्का’ र आरोपमा कारागारमा रहेका क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनमा सुनुवाइ जारी रहेको छ ।पाटन उच्च अदालतमा न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा सुनुवाइ जारी रहेको हो । पेशी तेस्रो नम्बरमा रहेको छ ।
पछिल्लो पटक पुस २१ गते सन्दीपका वकिलले पेशी स्थगित गरेका थिए ।पहिलो पटक सन्दीपकै तर्फबाट स्थगित भएको थियो भने दोस्रो पटक हेर्न नभ्याइने सूचीमा परेपछि स्थगित हुन पुगेको थियो ।ब’ लात्का’ र आरोपमा असोज २० गते पक्राउ परेका राष्ट्रिय क्रिकेट टोलीका तत्कालीन कप्तान लामिछाने हाल केन्द्रीय कारागारमा रहेका छन् ।
यसअघि ३ पटक पेशी चढे पनि सुनवाइ हुन नसकेको पुनरावेदनमा बिहीबार भने सुनुवाइ सुरु भएको हो। उनको मुद्दाको सुनुवाइ न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा भइरहेको हो। आज नै उनको मुद्दामा आदेश आउने सम्भावना रहेको छ।
उच्च अदालतले जिल्ला अदालत काठमाडौँको आदेश सदर गरेमा उनी अन्तिम फैसला नहुँदासम्म जेलमा नै बस्ने छन्। अदालतले धरौटी या तारेखमा छोड्ने फैसला गरेमा उनी थुनामुक्त भएर अन्तिम मुद्दा लड्ने छन्। असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो।
यो पनि – फ्रेन्च लिग १ फुटबलमा गत राति पिएसजीले आफ्नो घरेलु मैदानमा लिगको २०औं स्थानको एङ्गर्सलाई २–० ले हरायो । सो खेलमा अर्जेन्टिनाका लियोनल मेस्सीले पनि १ गोल गरे । कतार विश्वकप जितेर क्लब फर्किएपछि खेलेको पहिलो खेलमै उनले गोल गरेर नयाँ वर्ष २०२३ को खाता खोलेका छन् ।
मेस्सीले नयाँ वर्षको पहिलो खेलबाटै गोल गरेर यस सिजनको आफ्नो उत्कृष्ट लय समातेका छन् । गत वर्ष २०२२ मा उनले ५५ खेलबाट जम्मा २५ गोल गर्दै ३० गोलमा असिस्ट पनि गरेका थिए ।गत राति एङ्गर्सविरुद्ध गोल गरेपछि मेस्सी पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको नाममा रहेको एक रेकर्ड नजिक पुगेका छन् ।
मेस्सी अब २१औं शताब्दीमा सबैभन्दा धेरै वर्ष गोल गर्ने दोस्रो खेलाडी बनेका छन् । गत रातिको गोलसँगै मेस्सी वर्षका हिसाबमा सबैभन्दा धेरै वर्ष गोल गर्ने दोस्रो खेलाडी बनेका हुन् । २०२३ मा गोलको खाता खोलेसँगै मेस्सीले लगातार गोल गरेको वर्ष १९ पूरा भएको छ । तर, यो नै सबैभन्दा धेरै भने होइन ।
हाल ३५ वर्ष पुगेका मेस्सीले क्लब तथा अन्तर्राष्ट्रिय फुटबल दुवैका आधारमा सिनियर टिमका लागि सन् २००५ सालमा पहिलो गोल गरेका थिए । त्यसयता उनले लगातार हरेक वर्ष गोल गर्दै आएका छन् । मेस्सीले गोल गरेको १९औं वर्ष २१औं शताब्दीकै सबैभन्दा धेरै गोल भएको दोस्रो रेकर्ड हो ।
पहिलो नम्बरमा पोर्चुगलका रोानाल्डोका नाममा छ । हाल ३७ वर्ष पुगेका रोनाल्डोले पहिलोपटक सिनियर टिमका लागि पोर्चुगलको क्लब स्पोर्टिङका लागि सन् २००२ सालमै गोल गरेका थिए । सो वर्ष उनले ५ गोल गरेका थिए ।
Leave A Comment