Latest
img

सन्दीप लामिछाने २० लाख धरौटीमा रिहा

काठमाडौं। नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदन निवेदनमाथि सुनुवाई गर्दै उच्च अदालत पाटनले धरौटीमा छोड्न आदेश दिएको छ । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने रिहा हुने भएका छन् ।

पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याइदिएपछि सन्दीप रिहा हुने भएका हुन् । न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश उल्ट्याउँदै सन्दीपलाई रिहा गर्न आदेश दिएको हो ।

ब’ लात्का’ र घटनामा जोडिएका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालतले २० लाख धरौटी बुझाएर रिहा गर्ने आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध दिएको पुनरावलोकनको निवेदनमाथि उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा थुनामुक्त गरेर मुद्दाको टुंगो लगाउन आदेश दिएको हो।

न्यायाधीश धु्रवराज नन्द र रमेश ढकालको इजालसले यस्तो आदेश गरेको हो। ना’ बालिका किशोरीमाथि ज’ बरज’ स्ती क’ रणी (ब’ लात्का’ र) गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावलोकन निवेदन दिएका थिए।

ज’ बरज’ स्ती क’ रणी मुद्दामा आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध उनले दिएको निवेदनमा न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा सुनुवाइ भएको थियो । उक्त मुद्दाको सुनुवाइका लागि १२ मुद्दालाई ‘हेर्न नभ्याइने’मा राखिएको थियो।

आज उक्त मुद्दाको तीन नम्बरमा पेसी तोकिएको थियो।सन्दीपको पक्षबाट वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमण श्रेष्ठ, कृष्ण सापकोटा र अधिवक्ताहरु सरोजकृष्ण घिमिरे, रोशनी पौडेल, मुरारी सापकोटा र सविता भण्डारीले बहस गरेका थिए । त्यस्तै जाहरेवालाको तर्फबाट तीनजना कानुन व्यवसायी र सरकारको पक्षबाट एक जना सरकारी वकीलेले बहस गरेका हुन् ।

यसअघि उक्त मुद्दा तीनपटक पेसी तोकिए पनि स्थगित भएको थियो। एकपटक हेर्न नभ्याइनेमा परेको थियो भने दुईपटक सन्दीपको कानुन व्यवसायीको तर्फबाट सुनुवाई स्थगित भएको थियो। एक किशोरीले ब’ लात्का’ रको उजुरी दिएपछि २० असोजमा सन्दीप पक्राउ परेका थिए।

लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा ना’ बालिगलाई ब’ लात्का’ र गरेको अभियोगमा मुद्दा चलिरहेको छ। पीडित किशोरी ना’ बालिग वा बा’ लिग भन्ने विषयमा विभिन्न तर्क आएपछि जिल्ला अदालतले अस्पतालबाट जन्म मिति ल्याउन आदेश दिएको थियो।

उक्त आदेशपछि नारायणी उपक्षेत्रीय अस्पतालले किशोरीको जन्म मिति २०६१ साल जेठ १८ गते देखिएको पठाएको थियो। यसले भदौ ५ को केश भएकाले ती किशोरी जेठ १८ मै १८ वर्ष पुगेको देखिएको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment