ब’ लात्का’ र आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने शुक्रबार रिहा हुँदैछन् । उच्च अदालत पाटनले बिहीबार २० लाख धरौटीमा रिहा गर्न आदेश दिएसँगै उनी सो धरौटी बुझाएर रिहा हुन लागेका हुन् । सन्दीपले जिल्ला अदालत काठमाडौँको थुनछेक आदेशविरुद्ध
उच्च अदालत पाटनमा पुनरावलोकनको निवेदन दिएकामा न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजालशले धरौटीमा थुनामुक्त गर्न आदेश गरेको हो । गत कात्तिक १६ गते जिल्ला अदालत काठमाडौँमा लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहस सुरु भएको थियो ।
लामिछानेका कानुन व्यवसायीले किशोरी ना’ बालिका नरहेको जिकिर गर्दै आएका थिए । लामिछानेमाथि १७ वर्षीय किशोरीलाई ब’ लात्का’ र गरेको आरोपमा गत कात्तिक १४ गते काठमाडौँ अदालतमा मुद्दा दायर गरिएको थियो । सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने मागसमेत गरिएको थियो ।
लामिछानेले भने आफूविरुद्ध लागेको ब’ लात्का’ र आरोप अस्वीकार गर्दै आएका छन् । प्रहरीले गत असोज २० गते लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रक्राउ गरेको थियो ।राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले पीडित ना’ बालिगसँग सम्पर्क वा भेटघाट गर्न नपाउने भएका छन् ।
सम्पर्क वा भेटघाट गरेको खण्डमा पुनः थुनामा राखिने भएका छन् ।उच्च अदालतले सन्दीपलाई जाहेरीकर्ता वा उनका परिवारका सदस्यलाई भेट्न वा कुनै पनि माध्यमबाट सम्पर्क गर्न रोक लगाएको छ ।आदेशमा भनिएको छ– ‘आफू वा आफूसंवद्ध संस्था वा व्यक्तिहरुबाट जाहेरीकर्ता,
परिवर्तित २६ वा निजको परिवारसँग भौतिक वा अन्य कुनै प्रकारले सम्पर्क वा भेटघाट गर्ने वा जाहेरीकर्ता, परिवर्तित २६ वा निजको परिवारको कुनै सदस्यलाई कुनै पनि माध्यमबाट कुनै पनि किसिमको ड’ र, त्रास, ध’ म्की वा दबाव दिने, प्रभाव वा दु’ रुत्साहन दिने वा सो सम्बन्धी कुनै कार्य नगर्नु, नगराउनु भनी प्रतिवादीलाई निषेधात्मक आदेश दिइएको छ ।’
अदालतले सन्दीपलाई पीडित किशोरीसँग वा उनको परिवारका सम्बन्धका बारेमा वा मुद्दाको बारेमा अभिव्यक्ति दिन, मुद्दाको विषयमा सामग्री प्रकाशन गर्न वा विद्युतीय वा सार्वजनिक सञ्चार माध्यम वा सामाजिक सञ्जालमा टीका टिप्पणी गर्न रोक लगाइएको छ ।
अदालतका रजिष्ट्रार ठगिन्द्र कट्टेलले अदालतले सन्दीपलाई पीडित युवतिसँग सम्पर्क नगर्न आदेश दिएकाले सम्पर्क गरेको पुष्टि भएमा उनलाई पुनः थुनामा पठाइने जानकारी दिएका छन् ।बिहीबार उच्च अदालतका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले सन्दीपलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
अदालती प्रकृया पूरा गर्नुपर्ने भएकाले उनी शुक्रबार मात्रै थुनामुक्त हुने छन् ।असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका सन्दीपमाथि १८ वर्षीया ना’ बालिगमाथि ज’ र्बस्तीक’ रणी गरेको अभियोगमा कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा सन्दीपलाई थुनामा पठाउन आदेश दिएको थियो।
Leave A Comment