नेपाल प्रहरीमा हाल चार जना एआईजीपीकाे पद रिक्त रहेकाे अवस्था छ । २०७९ मंसिर ४ गते अघि नै रिक्त भएकाे चार जना एआईजीपीकाे पद पूर्ति गर्न डीआईजीहरूकाे बढुवा हुने चर्चा चल्दाचल्दै ”आवश्यकता अनुसार काज खटाउनु पर्ने भएकाले” भनेर २०७९ पुस २८ गते १७ जना डीआईजीलाई अचानक काज खटाइएकाे छ ।
गृहमन्त्री रवि लामिछाने निकट स्राेतका अनुसार, काजमा खटाइएका १७ जना मध्ये चाैध जना डीआईजीपीहरू सबै एआईजीपीमा बढुवाका लागि प्रतिस्पर्धी मात्रै हाेइनन् यिनै मध्ये एकजना चाहिं २०७९ चैत १२ गतेबाट नेपाल प्रहरी जनपथकाे २९औं एआईजीपी बन्ने छन् ।
१७ जना डीआईजीहरूकाे काज सरूवा प्रधानमन्त्री प्रचण्ड, केपी ओली र गृह मन्त्री रवि लामिछानेकाे सरसल्लाहमा दक्षता, कार्यकुशलता जाँच्नका लागि सात जनालाई प्रदेश प्रहरी प्रमुखमा खटाइएकाे स्राेत बताउछ ।भावी आईजीपी र एआईजीपीकाे प्रतिस्पर्धामा रहेकाहरू मध्ये बसन्त कुवँर मधेश प्रदेश प्रहरी प्रमुख,
टेक प्रसाद राई लुम्बिनी प्रदेश प्रहरी प्रमुख, अशोक सिंह सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, दीपक थापा बागमती प्रदेश प्रहरी प्रमुख, भीम ढकाल कर्णाली प्रदेश प्रहरी प्रमुख, बुद्धिराज गुरुङ गण्डकी प्रदेश प्रहरी प्रमुख र श्यमलाल ज्ञवाली १ नं. प्रदेश प्रहरी प्रमुखमा काज खटाइएका छन् ।
काज खटाइएका १७ जना डीआईजीहरू मध्ये ३ जना वरिष्ठ डीआईजीहरूमा नलप्रसाद उपाध्याय, माेहन कुमार आचार्य र मसाउद आलम खाँ भने २०७९ चैत ११ गते अवकास हुने छन् । वरिष्ठ डीआईजीहरू एआईजीपीमा बढुवा भएर अवकास हुने चर्चा पनि चलेकाे थियाे ।
सरकारकाे समीकरण अदलबदल भएपछि यी तीन डीआईजीहरूकाे मात्र हाेइन निर्वाचनपछि पनि कांग्रेसकाे सत्ता नै कायम रहन्छ र उछिनपाछिन गरेर चाँडै एआईजीपी र त्यसपछि आईजीपी बढुवा हुन्छाैं भन्ने सपना वाम सरकार बनेपछि चकनाचुर भएकाे छ ।
सबैभन्दा धेरै चाेट एक नम्बर एआईजीपीमा बढुवा भएर आईजीपी बन्ने सपना बुनेका विवादस्पद डीआईजीपी अशाेक सिंहलाई पुग्न गएकाे चर्चा प्रहरी हेडक्वार्टरमा हुने गरेकाे स्रात बताउछ ।साँघुबाट
Leave A Comment