Latest
img

बाबुआमाको श’ व सुरक्षित राख्न गाउँमा डिप फ्रिज

बागलुङ । तीन छोरा जापानमा थिए, गलकोट नगरपालिका–८ का चूडामणि कँडेलको अघिल्लो वर्ष साउन ११ मा नि’ धन भयो । चाहेर पनि छोराहरू गुणखर, खिमलाल र ज्ञानप्रसाद झट्टै घर फर्कन सम्भव थिएन । उनीहरूले आफन्तलाई भने– तीन/चार दिनसम्म जसरी भए पनि आइपुग्छौं ।

गर्मीको याम, त्यतिका दिन शवलाई कसरी जोगाएर राख्ने ? अझ वैदेशिक रोजगारीले गाउँमा युवा नै नभएको अवस्थामा तीन/चार दिनसम्म श’ व कुरेर को बस्ने ? दुवैतर्फबाट सल्लाह भयो– डिप फ्रिज किनेर श’ व सुरक्षित राख्ने । २ लाख ५० हजार रुपैयाँ हालेर फ्रिज किनियो, श’ वलाई सुरक्षित राखियो ।

चार दिनपछि आइपुगेका छोराहरूले पिता चूडामणिको विधिपूर्वक अ’ न्त्येष्टि गरे ।चूडामणिको अ’ न्त्येष्टि भयो तर गाउँमा एउटा उपाय जन्मियो । वैदेशिक रोजगारीले साराका सारा युवा विदेशिएको गाउँमा छोराहरू फर्किउन्जेल श’ व राख्न डिप फ्रिज भरपर्दो साधन ठहरियो ।

त्यसैले डिप फ्रिजलाई व्यक्तिको घरबाट गलकोट–८ पचुवास्थित काँडेबास स्वास्थ्यचौकीमा राखिएको छ । जसलाई आपत् पर्छ, उसले सेवा लिने व्यवस्था गरिएको छ ।गएको जेठ २८ मा गलकोट–९ बाँस्खोलाकी चन्द्रकुमारी सापकोटाको मृत्यु भयो । छोरा प्रकाश न्युजिल्यान्ड थिए ।

सरसल्लाहपछि छिमेकीले चन्द्रकुमारीको श’ व स्वास्थ्यचौकीको डिप फ्रिजमा लगेर राखे । कुरुवा पनि चाहिएन । चौथो दिन स्वदेश फर्किएका प्रकाशले आमाको का’ जकिरिया गरे ।गत वर्षको माघ ११ मा बाँस्खोलाकै गगनबहादुर मल्लको नि’ धन हुँदा छोराबुहारी नेपालमा थिएनन् ।

जापानमा काम गर्ने छोरा राजुसहित परिवारका सदस्य आइपुग्न ५ दिन लागेको थियो । तर श’ व सुरक्षित थियो । छैटौं दिन उनीहरूले बाबुको का’ जकिरिया सुरु गरे । वैदेशिक रोजगारीबाट धानिएको बस्ती भएकाले डिप फ्रिज उपयोगी भएको बताउँछन् भैरव मावि बाँस्खोलाका शिक्षक विष्णु मल्ल ।

‘यसरी श’ व सुरक्षित राख्न सकिन्छ भन्ने न जानकारी थियो न सुविधा । समयमा आउन नपाउने छोराछोरीले बाबुआमाको मुख देख्न नपाउने नियति थियो तर अहिले सबैलाई यो सुविधा प्राप्त भएको छ ।’ काँडेबास स्वास्थ्य चौकीकी प्रमुख प्रतीक्षा लामटाँगेले एउटा कोठा छुट्याएर डिप फ्रिज राखिएको बताउँछिन् ।

भन्छिन्, ‘बिजुली नियमित भए धेरै दिनसम्म पनि श’ व सुरक्षित रहन्छ, यो विषयमा धेरैको भावना पनि जोडिएको छ । धेरै जनाले यो सेवाको प्रशंसा गर्नुभएको छ ।’डिप फ्रिजलाई नियमित बिजुली दिँदा स्वास्थ्य चौकीको खर्च भने बढेको उनको भनाइ छ ।

शव राख्दा कुनै शुल्क लिइँदैन । ‘स्वस्फूर्त कसैले केही रकम दिनुभएको छ, त्यसैले कोष बनाउने तयारी गर्दै छौं,’ भन्छिन्, ‘कोष बनेपछि विद्युत् खर्च र मर्मत गर्नुपरेमा त्यसबाटै गर्ने तयारी छ ।’कान्तिपुर

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment