Latest
img

खाना खाएको १ घण्टा अघि वा १ घण्टा पछि पानी पिउने बाँनी छ भने यी रोगको शिकार निश्चित

काठमाडौ । धेरैको बानी पानी पिउने कुरामा खासै ख्याल नै नगर्ने । टन्न पानी पिएर खाना खान थाल्ने । वा खान खाएपछि फेरी पानी थप्ने बानी छ । यति मात्र हैन खाना खाँदै पानी पिउने बानीपनि धेरैको छ ।हो यस्तो बानी भएकाहरु विभिन्न रोगको शिकार बनिरहेका छन् ।

तपाईकोपनि यस्तै बानी छ भने आजैबाट बन्द गर्नुहोस् ।खाना खाँदा धेरै पानी पिउने बानी तुरुन्तै बदल्नु आवश्यक छ किनकि त्यसले स्वास्थ्यलाई फाइदा गर्दैन ।वास्तवमा पानी पिउनु निकै फाइदाजनक छ तर खाना खाँदा पानी पिउदा भने फाइदा भन्दा बेफाइदा नै बढि गर्छ ।

वैज्ञानिक दृष्टिकोणबाट हाइड्रेसन र पाचन प्रणालीलाई अति आवश्यक पदार्थ हो पानी । खाना खाएको बेला धेरै पानी पिउँदा यस्ता हानि हुन्छः खाना खाँदा पानी पिउनाले एसिडिटी पनि निम्त्याउँछ । पानीले पाचन प्रणालीलाई प्रभाव पार्ने हुुँदा यसले पेटमा विकार उत्पन्न गराउँछ ।

पानीले पाचन पक्रियामा सहयोग पुर्‍याउने इन्जाइमहरुलाई पर्याप्त मात्रामा उत्पादन हुुन दिँदैन । जसले खाएको खाना पूर्ण रुपमा पच्दैन जसले एसिड रिफ्लक्स तथा छाति पोल्ने समस्या निम्त्याउँछ ।हाम्रो पेटमा खानालाई पचाउने ग्यास्ट्रिक एसिडलगायतका रसायन हुन्छन् ।

खानासँग धेरै पानी पिउँदा पित्त र पेटमा अम्लको आवश्यक स्तरमा असर पार्न सक्छ । यसबाट खाएको खाना ठिक तरिकाले पच्न पाउँदैन ।पानीले हाम्रो मुखमा हुने र्‍याललाई पखाली दिन्छ । मुख नै पाचन प्रणालीको पहिलो भाग हो । र्‍यालमा खानालाई टुक्र्याउने इन्जाइम मात्रै नभई पेटलाई पाचन पक्रियाको लागि तयार पार्ने तत्व पनि हुन्छ ।

खाना खाँदा पानी पिएमा र्‍यालको मात्रामा कमी आउँछ ।यसले शरीरमा इन्सुलिनको मात्रा बढाउँछ । खाना खाँदा पानी पिएमा ग्लाइकेमिक खानाले जस्तै इन्सुुलिनलाई बढाउँछ । खाना राम्रोसँग नपच्दा खानामा भएको ग्लुुकोज बोसोमा परिणत भएर जम्मा हुन्छ ।

जसले शरीरमा चिनीको मात्रा बढाउँछ ।खाना खाँदा पानी पिउने बानीले माटोपना पनि बढाउँछ । यसअघि बताइए जस्तै शरीरमा इन्सुुलिनको मात्रा बढ्छ र खाएको खाना बोसोमा परिणत भएर शरीरमा जम्मा हुुन्छ । जसले मोटोपना निम्त्याउँछ ।खाना खाँदा पानी पिउने बानी हटाउनको लागि केही उपायहरु अपनाउन सकिन्छ ।

कम नुनिलो, चिल्लो पिरो भएको खानेकुरा खाएमा पानी खाना मन लाग्दैन । खानालाई राम्रोसँग चपाएर खानुपर्छ ।सुख्खा खानेकुरा भन्दा झोलिलो खानेकुरा खाँदा राम्रो हुन्छ । खाना खानुुभन्दा १ घण्टा अघि र खाना खाएको डेढ घण्टा पछि पानी पिएमा यसले पाचन प्रकृयामा सहयोग गर्नुका साथै शरीरलाई फाइदा गर्छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment