Latest
img

भाग्यबस जोगिए चर्चित लोकगायक पशुपति शर्मा !

चर्चित लोकगायक पशुपति शर्मा भने भाग्यबस दु’ र्घटनामा पर्नबाट जोगिएका छन् । उनले आज यती एयरलाइन्सको विमानबाट पोखरा जाने टिकट रद्द गराएका थिए । साथै पोखराबाट पर्खिन आज विमानको प्रतीक्षामा थिए । अचानक दु’ र्घटनाको खबर पाएपछि उनी स्तब्ध छन् ।

कर्म र ग्रहले आफू दु’ र्घटनाबाट बचेको उनको भनाइ छ ।“खासमा आज मेरो यही विमानमा पोखरा आउने कुरा थियो । तर, मेरा अरु पनि कामहरु भएकाले गर्दा आजको फ्लाइट क्यान्सिल गरेर म दुई दिनअघि नै बुद्ध एयरबाट पोखरा आएको थिएँ ।आज म पोखराको कार्यक्रम सकेर काठमाडौं फर्कन आँटेको हो ।

फ्लाइट कुरिरहेको थिएँ । विमान दु’ र्घटनाको खबर आउँदा पनि म यहीं नै थिएँ । उनले भने” मेरो यही विमानस्थलभित्र काम गर्ने एकजना चिनेको भाइ छ । दु’ र्घटनाअघि ऊसँग मेरो कुरा भइरहेको थियो । ‘दाइ प्लेन हल्लिराखेको छ’ त भन्दै थियो । हल्लिँदाहल्लिँदै खसेको कुरा आयो ।

६८ जना यात्रु र चालक दलका चारजनासहित आज (आइतबार) बिहान ११ः१० बजे उडेको यती एयरलाइन्सको विमान पोखरा उपत्यकाको सेती नदी खोंचमा खस्यो । दुर्घटनाग्र’ स्त विमानबाट हालसम्म ४१ जना निकालिएको र तीमध्ये बढीमा २ जनामात्र जीवित रहेको प्रारम्भिक अनुमान छ ।

उनले भने – खासमा आज मेरो यही विमानमा पोखरा आउने कुरा थियो । तर, मेरा अरु पनि कामहरु भएकाले गर्दा आजको फ्लाइट क्यान्सिल गरेर म दुई दिनअघि नै बुद्ध एयरबाट पोखरा आएको थिएँ । आज म पोखराको कार्यक्रम सकेर काठमाडौं फर्कन आँटेको हो ।

फ्लाइट कुरिरहेको थिएँ । विमान दुर्घटनाको खबर आउँदा पनि म यहीं नै थिएँ ।हामी त अब अवतरण हुन्छ भनेर पर्खेर बसेका थियौं । पछि दु’ र्घटनाको समाचार देखेपछि साह्रै नमज्जा लाग्यो । रुन मन लाग्यो । मेरा कतिपय साथीहरु जानुभयो हेर्न । मलाई पनि जाउँ भन्दै हुनुहुन्थ्यो ।

तर, त्यहाँ गएर हामीले न उद्दार गर्न सक्छौं त न अरु केही । बेकारमा होहल्ला र उद्दारमा अवरोध हुन्छ भनेर म चाहिँ गइनँ ।दु’ र्घटना भएको विमानका यात्रुका परिवारहरु यहाँ पर्खाइमा हुनुहुन्थ्यो होला । दुर्घटनाको खबर सार्वजनिक हुनेबित्तिकै यहाँका अधिकतम मानिसहरु दु’ र्घटनास्थल क्षेत्रतर्फ लाग्नुभयो ।

त्यसैले दु’ र्घटनापश्चात उहाँहरुको स्थिति कस्तो छ । के छ भन्ने कुराको ख्याल भने मैले गर्न पाइनँ ।मेरी आमा सधैं भन्ने गर्नुहुन्थ्यो, ‘जिन्दगी एक नाटक हो । कहाँ गएर के हुन्छ भन्ने कसैलाई पत्तो नै हुन्न ।’ हामी हिँडिराख्ने मान्छे । कतिपटक यसै प्लेनबाट मैले आवातजावत गरेको छु ।

आज यस दु’ र्घटनामा म आफैं पनि पर्न सक्थें । सायद मेरो कामले म आउनु नपरेको भए, म आज यसै प्लेनमा आइरहेको हुन्थें । मलाई मेरो ग्रह र मेरो कर्मले बचाएको हुनसक्छ ।मेरो यही विमानस्थलभित्र काम गर्ने एकजना चिनेको भाइ छ । दु’ र्घटना अघि ऊसँग मेरो कुरा भइरहेको थियो । ‘दाइ प्लेन हल्लिराखेको छ’ त भन्दै थियो । हल्लिँदाहल्लिँदै खसेको कुरा आयो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment