Latest
img

पोखरा विमान दु’ र्घटनामा लाेकदाेहाेरी गायिका निरा छन्त्यालको मृ’ त्यु

पाेखरामा भएकाे यति एयरलाइन्सकाे विमान दु’ र्घटनामा परेर लाेकदाेहाेरी गायिका निरा छन्त्यालकाे नि’ धन भएकाे छ। आइतबार बिहान काठमाडाैँबाट माघी मनाउनकाे लागि पाेखरा जाँदै गरेकी छन्त्यालकाे पाेखरास्थित सेती खाेँचमा भएकाे विमान दुर्घटनामा मृ’ त्यु भएकाे हाे।

छन्त्यालले पाेखरा जानुअघि सामाजिक सञ्जालमा माघे संक्रान्तीकाे शुभकामाना लेखेर त्यसतर्फ प्रस्थान गरेकी थिइन। उनी नेपाल छन्त्याल युवा संघले सोमबार पोखरामा आयाेजना गर्न लागेकाे पुरुष तथा महिला भलिबल प्रतियोगतामा सहभागी हुन जाँदै थिइन्। उनी लाइभ दाेहाेरी क्षेत्रकी सक्रिय कलाकार हुन्।

यो पनि- चर्चित लोकगायक पशुपति शर्मा भने भाग्यबस दु’ र्घटनामा पर्नबाट जोगिएका छन् । उनले आज यती एयरलाइन्सको विमानबाट पोखरा जाने टिकट रद्द गराएका थिए । साथै पोखराबाट पर्खिन आज विमानको प्रतीक्षामा थिए । अचानक दु’ र्घटनाको खबर पाएपछि उनी स्तब्ध छन् ।

कर्म र ग्रहले आफू दु’ र्घटनाबाट बचेको उनको भनाइ छ ।“खासमा आज मेरो यही विमानमा पोखरा आउने कुरा थियो । तर, मेरा अरु पनि कामहरु भएकाले गर्दा आजको फ्लाइट क्यान्सिल गरेर म दुई दिनअघि नै बुद्ध एयरबाट पोखरा आएको थिएँ ।आज म पोखराको कार्यक्रम सकेर काठमाडौं फर्कन आँटेको हो ।

फ्लाइट कुरिरहेको थिएँ । विमान दु’ र्घटनाको खबर आउँदा पनि म यहीं नै थिएँ । उनले भने” मेरो यही विमानस्थलभित्र काम गर्ने एकजना चिनेको भाइ छ । दु’ र्घटनाअघि ऊसँग मेरो कुरा भइरहेको थियो । ‘दाइ प्लेन हल्लिराखेको छ’ त भन्दै थियो । हल्लिँदाहल्लिँदै खसेको कुरा आयो ।

६८ जना यात्रु र चालक दलका चारजनासहित आज (आइतबार) बिहान ११ः१० बजे उडेको यती एयरलाइन्सको विमान पोखरा उपत्यकाको सेती नदी खोंचमा खस्यो । दुर्घटनाग्र’ स्त विमानबाट हालसम्म ४१ जना निकालिएको र तीमध्ये बढीमा २ जनामात्र जीवित रहेको प्रारम्भिक अनुमान छ ।

उनले भने – खासमा आज मेरो यही विमानमा पोखरा आउने कुरा थियो । तर, मेरा अरु पनि कामहरु भएकाले गर्दा आजको फ्लाइट क्यान्सिल गरेर म दुई दिनअघि नै बुद्ध एयरबाट पोखरा आएको थिएँ । आज म पोखराको कार्यक्रम सकेर काठमाडौं फर्कन आँटेको हो ।

फ्लाइट कुरिरहेको थिएँ । विमान दुर्घटनाको खबर आउँदा पनि म यहीं नै थिएँ ।हामी त अब अवतरण हुन्छ भनेर पर्खेर बसेका थियौं । पछि दु’ र्घटनाको समाचार देखेपछि साह्रै नमज्जा लाग्यो । रुन मन लाग्यो । मेरा कतिपय साथीहरु जानुभयो हेर्न । मलाई पनि जाउँ भन्दै हुनुहुन्थ्यो ।

तर, त्यहाँ गएर हामीले न उद्दार गर्न सक्छौं त न अरु केही । बेकारमा होहल्ला र उद्दारमा अवरोध हुन्छ भनेर म चाहिँ गइनँ ।दु’ र्घटना भएको विमानका यात्रुका परिवारहरु यहाँ पर्खाइमा हुनुहुन्थ्यो होला । दुर्घटनाको खबर सार्वजनिक हुनेबित्तिकै यहाँका अधिकतम मानिसहरु दु’ र्घटनास्थल क्षेत्रतर्फ लाग्नुभयो ।

त्यसैले दु’ र्घटनापश्चात उहाँहरुको स्थिति कस्तो छ । के छ भन्ने कुराको ख्याल भने मैले गर्न पाइनँ ।मेरी आमा सधैं भन्ने गर्नुहुन्थ्यो, ‘जिन्दगी एक नाटक हो । कहाँ गएर के हुन्छ भन्ने कसैलाई पत्तो नै हुन्न ।’ हामी हिँडिराख्ने मान्छे । कतिपटक यसै प्लेनबाट मैले आवातजावत गरेको छु ।

आज यस दु’ र्घटनामा म आफैं पनि पर्न सक्थें । सायद मेरो कामले म आउनु नपरेको भए, म आज यसै प्लेनमा आइरहेको हुन्थें । मलाई मेरो ग्रह र मेरो कर्मले बचाएको हुनसक्छ ।मेरो यही विमानस्थलभित्र काम गर्ने एकजना चिनेको भाइ छ । दु’ र्घटना अघि ऊसँग मेरो कुरा भइरहेको थियो । ‘दाइ प्लेन हल्लिराखेको छ’ त भन्दै थियो । हल्लिँदाहल्लिँदै खसेको कुरा आयो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment