Latest
img

अन्तत: एमाले र कांग्रेस सिङ्गल-सिङ्गल भिड्ने, माधव र प्रचण्डलाई कसैले नबोक्ने !

काठमाडौं –

सीट बाँडफाँटमा भइरहेको सकसले सत्तारूढ गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस तनावमा छ । ‘अनुकुल’ परिस्थितीमा बहुमत आउनेगरी निर्वाचनमा जाने चाहनामा रहेको कांग्रेसका लागि निर्वाचनमा जानुअघि नै सीट बाँडफाँट टाउको दुखाईको विषय बनेको छ ।

यसबीचमै प्रमुख विपक्षी एमालेले सिंगल सिंगल चुनाव लडौं भन्ने प्रस्ताव अनौपचारिक रुपमा विभिन्न च्यानलबाट कांग्रेसलाई राखिसकेको छ ।

एमालेले कांग्रेसलाई सीट बाँडफाँटका कारण गठबन्धन टु’ट्यो भने पनि एमालेले माओवादी र नेकपा एसलाई नबोक्ने आश्वासन समेत दिएको छ ।

कांग्रेसको केन्द्रीय समिति बैठकले ‘आफ्नो एकल बहुमत आउनेगरी गठबन्धन दलबीच चुनावी तालमेल गर्ने’ निर्णय गरेको थियो । यसका लागि प्रत्यक्षतर्फ कम्तिमा १०० सीटमा उम्मेदवारी हुनुपर्ने कांग्रेसको समिक्षा थियो ।

एक्लै लड्दा ८० सीट जित्न सकिने आँकलन गरेको कांग्रेस गठबन्धनमा त्यति सीटमा उम्मेदवार उठाउन बार्गेनिङ गर्नुपर्ने ठाउँमा पुगेको छ ।

यही कारण सत्तारूढ गठबन्धन दलले कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा बनाएको ,११

सदस्यीय सीट बाँडफाँट कार्यदलले आफूलाई प्राप्त जिम्मेवारी पूर्ण गर्न नसकी अधुरो प्रतिवेदन शीर्ष नेतालाई बुझाएको छ ।

कांग्रेसले भोगिरहेको यो सकसकाबीचमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि आफ्नो ‘गेम’ जारी राखेको छ ।

एमाले गठबन्धन टुटाउन चाहान्छ,त्यहि भएर शेरवहादुर देउवाले शुक्रवार पनि गठबन्धन भत्काउने षडयन्त्र जारी रहेको भन्दै गठबन्धन टुटे कांग्रेस पनि सिद्धिने बताए ।

कम्युनिस्टको भर हुन्न भन्दै देउवा गठबन्धन टुट्यो भने माओवादी एमालेको शरणमा जाँदैन भन्ने ग्यारेन्टी नरहेको बताएर पार्टीमा आफ्नो मत हाबी गराइरहेका छन् ।

एमालेले भने कांग्रेसका विभिन्न तहका नेताहरुलाई गठबन्धन तोडियो भने माओवादी र एमाले जोडिन्छन् भन्ने आशंका नगर्न आश्वस्त पार्न खोजिरहेका छन् ।

एमाले अध्यक्ष केपी ओलीदेखि विभिन्न तहका नेताहरुले कांग्रेसका नेताहरुसँग एक्ला एक्लै प्रतिस्पर्धा गरौं भनिरहेका छन् ।

तर देउवालाई कन्भिन्स गर्न नसकिएको कांग्रेस नेताहरु बताउँछन् ।एमालेले भनेको छ–एक्लाएक्लै भिडौं, माओवादी केन्द्र र नेकपा एसलाई कोही नबोकौं । यदि कांग्रेसलाई कतै एमालेले माओवादीसँग तालमेल गर्छ कि भन्ने आशंका छ भने लिखित रुपमै हामी दिन पनि तयार छौं ।

एक्लाएक्लै लड्दा कांग्रेस–एमालेलाई नै फाइदा हुन्छ,’ एमाले नेताहरुले कांग्रेसका नेताहरुलाई भनेका छन् ।

ओलीलाई भेटेका नेता शेखर कोइरालाले एमालेबाट एक्ला एक्लै लडौं भन्ने प्रस्ताव आएको बताए । यो कुरामा कांग्रेस नेताहरू सकारात्मक रहेपनि सभापति देउवा एमालेले माओवादी केन्द्रलाई बोक्दैन भन्ने कुरामा अझै आश्वस्त हुन सकेका छैनन् ।

जापान जानुअघि ओलीलाई भेट गरेका मिनेन्द्र रिजालले पनि देउवालाई कन्भिन्स गर्न सकेका छैनन् ।

यसबीचमा ओली आर्फैले पनि देउवालाई आफूले माओवादीसँग मिलेर चुनाव नलड्ने आश्वासन दिएका थिए ।‘माधवकुमार नेपाललाई एमालेले बोक्दैन भन्नेमा त हामी विश्वस्त छौं । तर माओवादीको हकमा अझैं विश्वस्त हुन नसकिरहेको

अवस्था हो ।के थाहा भोलि तलको आवश्यकता भन्दै भटाभट तलतलै एमाले र माओवादी मिल्न सक्छन्,’ कांग्रेस नेताहरु भन्छन । कांग्रेस र एमालेबीचको यस्तो संवादमा एमाले र कांग्रेसका दोस्रो तहका नेताहरू सक्रिय रहेको स्रोत बताउछ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले नै कांग्रेसका नेता शेखर कोइराला,मिनेन्द्र रिजाल लगायत देउवाका निकटस्थ नेताहरुलाई पनि यस्तो प्रस्ताव राखिसकेका छन् ।

गठबन्धन नै हुने अवस्थामा कांग्रेसले सोचेजस्तो नतिजा नआउने र आफ्नो पनि सोहीअनुसारको ‘गेम’ हुने मनोवैज्ञानिक त्रास पनि एमालेले कांग्रेस नेताहरूलाई तेस्र्याएको छ । गठबन्धन हुँदा कांग्रेसका देशभरी नै वि’द्रोही उठ्ने अवस्था देखिन्छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment