काठमाडौं । पोखरामा भएको यती एयरलाइन्सको विमानमा रहेका चालक दलका सबै सदस्यहरुपनि जीवित नरहेको पुष्टि भएको छ ।कोहीपनि यात्रु जीवित नरहेका कारण उनीहरुकोपनि नि’ धन भएको हो । सबै श’ व पहिचान गर्न नसक्ने अवस्थामा छन् ।
बिहान काठमाडौंबाट पोखराका लागि उडेको विमानमा प्रशिक्षक बरिष्ट पाइलट कमल केसी, यही उडानबाट फूल क्याप्टेनको दर्जा पाउन लागेकी को–पाइलट अन्जु खतिवडा, विमान परिचारिका अर्थात् एयर होस्टेस सृजना होंगचुन र ओसीन आलेमगर रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार ५३ नेपाली, ५ जना भारतीय, ४ जना रशियन, १ जना अष्ट्रेलियन, १ जना अर्जेन्टीनी, २ जना कोरियाली नागरिक गरि कुल ७२ जना सवार थिए । ८ जना यात्रुको श’ व फेला परेको छ भने अन्यको सेतीको खोँंचमा सुरक्षाकर्मी र अधिकारीहरुले खोज्ने काम जारी राखेका छन् ।
एयर होस्टेस ओसीन आलेमगर चितवनकी हुन् । उनको नि’ धनले चितवनबासी मार्ग हैन सम्पूर्ण नेपाली स्तब्ध भएका छन् ।अझ आज मगरहरुको महान पर्व माघी हो । यही पवित्र दिनमा हज्जारौंलाई सेवा गरेकी मगर समुदायकी चेलीको अकल्पनीय निधनले सबै स्तब्ध बनेको सामाजिक सञ्जालमा देख्न सकिन्छ ।
अधिकांशले अलबिदा लेखिरहेका छन् । उनी अत्यन्तै मृदुभाषी, काममा दक्ष र योग्य थिइन् । आज उनी अल्पआयूमा नै अस्ताइन् । अलबिदा ओसीन आलेमगर । तपाइको आत्मले शान्ति पाओस् । शोकाकुल परिवारमा हार्दिक समवेदना !दुर्घटनाग्र’ स्त विमानमा क्याप्टेन कमल केसीसँगै विमान उडाइरहेकी अञ्जु खतिवडा पनि थिइन् ।
विराटनगर–५ को चाँदनी चोककी खतिवडासँग दुःखद् संयोग के परेको छ भने उनका श्रीमानको पनि २९ जेठ २०६३ मा यती एयरलान्सकै विमान दु’ र्घटनामा मृ’ त्यु भएको थियो ।जुम्ला विमानस्थलमा भएको उक्त दु’ र्घटनामा अञ्जुका श्रीमान् को–पाइलट दीपक पोखरेलसहित ९ जनाले ज्यान गुमाएका थिए ।
सोही दु’ र्घटनापछि आँफु पनि पाइलट बन्ने र पतिको सपना साकार पार्ने उदेश्य बोकेकी अञ्जु श्रीमानको मृ’ त्युको करीब ४ वर्षपछि अञ्जु अमेरिकाबाट पाइलट कोर्स पूरा गरेर नेपाल फर्किएपछि उनी यती एयरलाइन्समा नै आबद्ध भइन् ।नेपाल भित्रिएको सबैभन्दा ठूलो र शहरी क्षेत्रका
विमानस्थलमा मात्रै अवतरण गर्ने एटीआर ७२ जहाजबाट उडान थालेकी अञ्जु आइतवार भएको यतीकै जहाज दु’ र्घटनामा पर्दा उनका छोरा टुहुरो बनेका छन् । आज भएको दु’ र्घटनामा ६८ जनाको श’ व भेटिएको छ भने अन्य ४ जनाको खोजी कार्य जारी छ ।
यतीको विमान दु’ र्घटनामा परेको १६ वर्षपछि अञ्जु पनि दु’ र्घटनामै परिन् । श्रीमान र श्रीमती दुवै पाइलट पेशामा लाग्नु र एउटै कम्पनीको विमान दु’ र्घटनामा पर्नु अचम्मको संयोग थियो । अञ्जु र दीपकको २२ वर्षकी छोरी छिन् । अञ्जुले पाइलट भइसकेपछि काठमाडौंका सुवास केसीसँग दोस्रो विवाह गरेपछि उनीबाट फेरी छोरा जन्मिएका छन् ।
जो अहिले ७ वर्षका भए ।आज अञ्जुले आफ्ना छोरा छोरीलाई मात्रै टुहुरो बनाइनन् । विराटनगरकी अन्जुले भारतबाट प्लस टु गरेकी हुन। सन २००६ मा जुम्लामा भएको यति एयरलाइन्सको जहाज दु’ र्घटनामा श्रीमान् दीपक पोखरेललाई गुमाएपछि उनले अमेरिका गएर पाइलट पढेकी हुन।
अञ्जुले झन्डै १०० घन्टा जहाज उडाएकी थिइन्। कमलले अन्जुलाई गाइड गरिरहेका थिए र मुख्य भूमिकामा थिइन् अन्जु। प्रशिक्षणका रुपमा उनको यो अन्तिम उडान थियो। यसअघि अन्जुले पाइलट बन्नका लागि गर्नु पर्ने सबै विमानस्थलमा उडान पूरा गरेकी थिइन्।
अन्जुले यसअघि भद्रपुर, विराटनगर, धनगढी लगायत ठूला जहाज उडान हुने विमानस्थलमा सफल उडान गरिसकेकी थिइन्। क्याप्टेन बन्नका लागि प्रशिक्षकसँग कम्तिमा एकसय घण्टा उडान भरेको हुनुपर्छ। प्रशिक्षक पाइलटको रुपमा रहेका केसीले आज अञ्जुलाई क्याप्टेनमा पास गराउने अन्तिम उडान गराइरहेका थिए।
अन्तिम उडान भएकाले यो उडान सफल भएको भए उनी क्याप्टेन बन्ने पक्का थियो। क्याप्टेन बन्नैका लागि उनी वरिष्ठ क्याप्टेन तथा प्रशिक्षक केसीसँग पोखराको उडानमा गएकी थिइन्। काठमाडौंदेखि नै अन्जुलाई कमलले देब्रेतर्फको जिम्मा दिएका थिए ।जहाज उडान र अवतरणमा सबै भूमिका देब्रेतर्फबाटै हुने भएकोले मुख्य भूमिका नै यो उडानमा अन्जुले सम्हालेकी थिइन्।
अन्जुले क्याप्टेन क्लियरेन्सको प्रमाण पत्र पाउने त्यही उडान दु’ र्घटनामा पर्यो। यती एयरलाइन्सको ९ एन–एएनसी एटीआर ७२ जहाज आइतबार बिहान पोखरा विमानस्थल नजिकै सेती खोचमा दु’ र्टघनामा परेको हो। विमानमा चालक दलका चार सहित ७२ जना सवार थिए।
विमानमा एयरहोस्टेस सिर्जना होङ्चुन र ओसिन आलेमगर थिए भने ५३ जना नेपाली, १५ जना विदेशी सवार थिए। विदेशी नागरिकमा पाँचजना भारतीय, रुसका चारजना, कोरियाका दुईजना, आयरल्याण्डका एकजना, अर्जेन्टिनाका एकजना, अष्ट्रेलियाका एकजना र फ्रान्सका एकजना सवार थिए।
विमान के कारणले दु’ र्घटना भयो भन्ने खुलेको छैन। सरकारले विमान दु’ र्घटना छानविन गर्न पूर्व सचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएको छ। उनको देहवशानसँगै आज सिंगो देश रोइरहेको छ । देशले अञ्जुजस्ता साहासी र निडर छोरी गुमाएको छ । देश साँच्चिकै रोएको छ अञ्जु । तिम्रो आत्माले शान्ती पाओस् । अलविदा ।
Leave A Comment