Latest
img

आज दु’ र्घटना भएको विमान मर्मत गर्दै, रंग फेर्दै भारत-थाइल्यान्डमा चलाएर नेपाल ल्याइएको थियो

काठमाडौं । नेपाली आकाशमा 9N-ANC कोड अंकित ATR विमानमा Pratt & Whitney Canada PW127F मोडलका दुई इञ्जिन रहेको सन् २००७ को अगस्ट १ मा निर्मित विमान हो ।lsf Investec कम्पनीले खरिद गरेको सो विमान भारतीय विवादित

विमान कम्पनी किङफिसरलाई लिजमा उपलब्ध गराएपछि VT-KAJ कोडका साथ सन् २००७ को अगस्ट १७ बाट भारतीय आकाशमा उड्न थालेको थियो । कन्स्ट्रक्सन नम्बर ७५४ रहेको सो विमान सन् २०१२ को अन्त्यमा किङफिसरले फिर्ता गरेको थियो ।

त्यसपछि अप्रिल २०१३ मा मर्मत गरी थाइल्यान्डकाे नोक एयरलाई पुनः लिजमा उपलब्ध गराएको थियो । सन् २०१९, २६ अप्रिलबाट भने नेपाली विमान कम्पनी यती एयरलाइन्सले लिजमा लिएर नाइन एन-एएनसी कोडमा उडाउन थालेको थियो ।सो विमानले आज बिहानदेखि

तीन उडान गरेको थियो । बिहान ७ बजे काठमाडौंबाट पोखरा र ७:४५ मा पोखराबाट काठमाडौं फर्केर पुन १०:३२ मा काठमाडौंबाट पोखराका लागि उडेको थियो । यसरी साढे ३ घण्टामा तीन उडान गर्दा बीचमा विमानको परीक्षण गरियाे वा गरिएन, सोचनीय छ ।

अविश्वसनीय यस दुर्घटनाको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि महत्त्वपूर्ण विमान पनि थियो । यही विमानले पुस ७ गते नवनिर्मित विमानस्थलमा डेमो उडान गरेको थियो भने पुस १७ गते उद्घाटन समारोहका दिन उडान गर्ने पहिलो जहाज पनि यही थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अवतरणको अनुमति पाइसकेको सो विमान के कति कारणले पुरानो पोखरा विमानस्थलनजिकै दुर्घटना भयो भन्ने यकिन जानकारी प्राप्त भएको छैन ।धेरैका धेरै तर्क बितर्क आएका छन् । बस्तीमा विमान नखसेर सेती खोँचमा खसेका कारण पाइलटले विमानभित्र कुनै टेक्निकल खराबीका कारण दु’ र्घटना हुन सक्ने आकलनले अन्य मानवीय क्षति हुनबाट जोगाएको आभास हुन्छ ।

दुर्घटनाग्र’ स्त सो विमानमा ५ भारतीय, ४ रसियन, २ कोरियन, १ आइरिस, १ अर्जेन्टिनी, १ फ्रान्सेली, १ अस्ट्रेलियाली तथा ५३ नेपाली थिए । जसमा अन्य दुई बालक र तीन शिशु पनि रहेको जानकारी दिइएको छ । साथै, ४ विमान कर्मचारीमा दुई एयर होस्टेस तथा दुई पाइलट थिए ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार दुर्घटनाग्र’ स्त विमानबाट कुनै पनि यात्रु जीवित उद्धार गरिएको छैन । पोखराको विमानस्थलमा यति ठूलो मानवीय क्षति भएको यो पहिलो घटना हो ।जनबोली बाट

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment