पोखरामा आइतबार यती एयरलाइन्सको जहाज दु’ र्घटनामा नि’ धन भई पहिचान हुन नसकेका, विदेशी नागरिक र चालकदलका सदस्यको श’ व भोलि हेलिकप्टरबाट काठमाठौं ल्याइने भएकाे छ। दु’ र्घटनामा परेकामध्ये हालसम्म ७० जनाको श’ व फेला परेकाे छ। तीमध्य केहीकाे पहिचान हुन सकेकाे छैन।
पहिचान भएका २४ जनाको श’ व पोखरामा परीक्षण गरिने र बाँकीको नेपाली सेनाको हेलिकप्टरबाट भोलि बिहान ८ बजे काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा थप परीक्षणका लागि ल्याइने भएकाे। कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार आफन्तबाट पहिचान भएका शवहरु पोखरामा नै श’ वपरीक्षण गरी परिवारलाई हस्तान्तरण गरिने छ।
पहिचान हुन नसकेका श’ वको हवाई दुर्घटनाको अन्तर्राष्ट्रिय प्रोटोकलअनुसार मृतकको शरीरको भिसेरा र डि’ एन’ ए परीक्षण लगायतका अन्य आवश्यक प्रक्रिया पूरा गरेर मात्र हस्तान्तरण गर्न सकिने राय काठमाडौंबाट गएका फरेन्सिक विभागका चिकित्सकहरुले दिएका थिए।
श’ व ल्यानका लागि सेनाको हेलिकप्टर पोखरा गएकाे थियाे तर प्रक्रिया पूरा नहुँदा रोकिएको थियो। दु’ र्घटनामा परेको जहाजकाे ककपिट भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्डर सुरक्षित रुपमा प्राप्त भएकाले सशस्त्र प्रहरीमार्फत नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गरिएको छ।
यो पनि – आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दु’ र्घटनामा परी नि’ धन भएकाको श’ व आफन्तलाई बुझाउन थालिएको छ । सोमबार साँझ पोखरा–१३ का सदाकत अलि मियाँको श’ व परिवारले बुझेका हुन् ।पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सोमबार साँझदेखि मात्र श’ व परीक्षण सुरु गरिएको थियो ।
बाँकी श’ वको परीक्षण भइरहेकाले मंगलबार बिहान आफन्तलाई हस्तान्तरण गरिने अस्पताल प्रशासनले जनाएको छ । दु’ र्घटनामा हालसम्म फेला परेका ७० श’ वमध्ये २४ जनाको मात्र पोखरामा परीक्षण हुने अस्पतालको भनाइ छ । विदेशी नागरिक, पहिचान नखुलेका र चालक दलका सदस्यको श’ व काठमाडौंस्थित शिक्षण अस्पतालमा श’ व परीक्षण हुनेछ ।
ती श’ वलाई हेलिकप्टरमार्फत मंगलबार काठमाडौं लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा श’ व परीक्षणका लागि काठमाडौंदेखि आएका फरेन्सिक विज्ञसहितको टोली खटिएको छ ।
श’ व बुझ्न अस्पताल परिसरमा बिहानैदेखि मृ’ तकका आफन्त जम्मा भएका थिए । श’ व हस्तान्तरणमा अस्पतालले ढिलाइ गरेको भन्दै कतिपयले गुनासोसमेत गरिरहेका थिए । श’ व परीक्षणको प्रक्रियाले समय लिएपछि परिवारले बेलैमा श’ व बुझ्न नपाएका हुन् ।
पोखराको सेती खोचमा भएको सो विमान दु’ र्घटनमा परी ज्यान गुमाएका ७० जनाको श’ व फेला परेको छ । विमानमा सवार बाँकी दुई यात्रुको अवस्था भने अझै अज्ञात छ । बेपत्ताको खोजीकार्य जारी रहेको जनाइएको छ ।
Leave A Comment