Latest
img

Breaking: राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल शिक्षा मन्त्रि बन्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीनवटा मन्त्रालय पाउने भएको छ । सोमबार साँझ बालुवाटारमा सबेको सत्ता गठबन्धनको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई तीन मन्त्रालय र एक राज्यमन्त्री दिने सहमति भएको हो ।गठबन्धनमा भएको सहमति अनुसार रास्वपाले शिक्षा मन्त्रालय र श्रम मन्त्रालय पाएको छ ।

गृहमन्त्रालय यअघि नै रवि लामिछानले पाइसकेका छन् ।स्रोतका अनुसार रास्वपाले शिक्षा मन्त्रालयमा शिशिर खनाललाई पठाउने निर्णय गरिसकेको छ । श्रम मन्त्रालयमा भने तोक्न बाँकी छ ।गठबन्धनबाट रास्वपाले पनि उपसभामुख पनि पाएको स्रोत बताउँछ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तीन मन्त्रालयसहित सरकारमा सहभागी हुने भएको छ। सोमबार राति अबेर सकिएको सत्ता गठबन्धनको बैठकले राप्रपालाई तीन मन्त्रालय दिने सहमति जुटाएको हो। राप्रपाले एक उपप्रधानन्त्री पाउनेछ। यससँगै सरकारमा उपप्रधानमन्त्रीको संख्या ४ हुनेछ।

यसअघि सरकारमा एमाले, माओवादी र रास्वपाबाट एक/एक जना उपप्रधानमन्त्री छन्। राप्रपाका भागमा ऊर्जा, जलस्रोत तथा सिंचाई, सहरी विकास र युवा तथा खेलकुद मन्त्रालय परेको छ। राप्रपाले यसअघि ऊर्जाका अलवा संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा दाबी गरेको थियो।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारीमा सहभागी हुने तय भएको छ। बाँकी दुई मन्त्रालयमा कसलाई पठाउने भन्ने निर्णय भएको छैन। सहरी विकासमा धवल शमशेर राणा र युवा तथा खेलकुद मन्त्रीमा ज्ञानेन्द्र शाहीलाई पठाउने राप्रपाको तयारी छ।

सत्तारुढ दलबीच एमालेले २ राज्यमन्त्रीसहित ८ मन्त्रालय, माओवादी केन्द्रले ४, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले ३ मन्त्री र एक राज्यमन्त्री र जसपाले २ वटा मन्त्रालय पाउने सहमति भएको छ ।बैठकमा राष्ट्रपति,उपराष्ट्रपति, सभामुख र उपसभामुखको चयनका विषयमा समेत छलफल भएको छ ।

उता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मन्त्री छनोट गर्ने जिम्मा पार्टी सभापति रवि छामिछानेलाई दिइएको छ ।रास्वपाको आज बसेको संसदीय दलको बैठकले विज्ञताका आधारमा मन्त्री छनोट गर्न पार्टी सभापति तथा उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई जिम्मा दिने निर्णय भएको पार्टी केन्द्रीय सदस्य तथा सांसद सन्तोष परियारले जानकारी दिए।

सांसद परियारका अनुसार सत्ता साझेदार दलहरुसँग छलफल गर्ने जिम्मा अध्यक्ष लामिछानेलाई दिएको कारण पनि मन्त्री छान्ने अधिकार पनि उनलाई नै दिइएको हो । सत्ता साझेदार दलहरुको बैठकले राष्ट्रपति र सभामुख गठबन्धनको सबैभन्दा ठूलो नेकपा एमालेलाई दिने सहमति जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुको बैठकले दुवै पद एमालेलाई दिने निर्णय गरेको हो ।गठबन्धनको दोस्रो घटक माओवादी केन्द्रले प्रधानमन्त्री पाएकाले राष्ट्रपति र सभामुख एमालेले पाउने एक नेता बताए । उपसभामुख र उपराष्ट्रपतिको बारेमा भने अझै छलफल भइरहेको छ ।

सत्ता साझेदार दलहरुबीच मन्त्रालयको भागवण्डा भने टुंगिएको छ । उनीहरुले आ आफ्नो भागमा परेका मन्त्रालयमा कसलाई पठाउने भन्नेबारे निर्णय गरेर प्रधानमन्त्रीलाई दिएपछि मंगलवार सपथ ग्रहण हुनेछ ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,

एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा अध्यक्ष लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागि थिए । बालुवाटार बैठकअघि प्रचण्डले एमाले अध्यक्ष केपी ओलीसँग लामो छलफल गरेका थिए । पुस ११ गते प्रधानमन्त्रीको शपथ लिएका प्रचण्डले २२ दिनपछि मन्त्रिपरिषदलाइ पूर्णता दिन लागेका हुन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment