Latest
img

तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्दै !

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मन्त्रीहरूको नाम टुंगो लगाएका छन्। मंगलबार बिहान बसेको संसदीय दलको बैठकले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको नाम टुंगो लगाएको हो।

रास्वपाका सभापति रवि लामिछानेले डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षामन्त्री बनाउने निर्णय गरेका छन् भने तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा बन्ने भएकी छन्। मन्त्रीको जिम्मेवारी पाएका उनीहरुले आज १ बजे शपथको ग्रहण गर्दैछन्।

राष्ट्रिय स्वतन्त्र पार्टीलेसत्तागठबन्धनमा उपसभामुख पाउने भएको छ। उसले सोविता गौतम वा चन्दा कार्कीमध्ये एकलाई उपसभामुख बनाउने भएको छ ।रास्वपाले आफ्नो भागमा परेका मन्त्रालयमा जानेको नाम टुंगो लगाएको छ। रास्वपाले तीन मन्त्रालय र एक राज्यमन्त्री पाएको छ।

यसअघि पार्टी अध्यक्ष उपप्रधानसहित गृहमन्त्री भइसकेका छन्। रास्वपाले शिक्षा र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री तथा स्वास्थ्य राज्यमन्त्री पाएको छ। रास्वपाले शिक्षामन्त्रीमा शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा डा तोसिमा कार्कीलाई पठाउने भएको छ।

सत्तागठबन्धनमा मन्त्रालय भागबन्डा टुंगिएपछि मंगलबार बिहान पार्टी सभापित लामिछानेले सरकारमा पठाउने मन्त्रीको टुंगो लगाएका हुन्। रास्वपाले यसअघि स्वास्थ्यमन्त्री दाबी गरिरहेको थियो। तर एमालेको भागमा स्वास्थ्य मन्त्रालय परेपछि रास्वपाले इज्जतकै लागि भए पनि डा. कार्कीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने भएको हो।

उपप्रधानसहित गृहमन्त्रीको रुपमा लामिछाने यसअघि नै सरकारमा सामेल भइसकेका छन् । शिक्षामन्त्री बन्न लागेका खनाल काठमाडौं-६ बाट निर्वाचित सांसद हुन् । अर्याल भने समानुपातिक सांसद हुन् । स्वास्थ्य राज्यमन्त्री बन्न लागेकी कार्की ललितपुर–३ बाट निर्वाचित सांसद हुन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment