Latest
img

माओवादीबाट संस्कृति, पर्यटन तथा नागरिड उड्डयन मन्त्री बनेका सुदन किरातीले लगाएनन् दौरासुरुवाल

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल विस्तार गरेका छन्। विस्तारित मन्त्रिमण्डलका सदस्यले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त भएसँगै यो पटकको मन्त्रिमण्डलमा दौरासुरुवाल पोशाकले चर्चा पायो। किन भने यसअघि प्रधानमन्त्री हुँदा प्रचण्डले दौरासुरुवाल लगाएका थिएनन्। प्रधानमन्त्रीको शपथ लिएको दिन पुस १० गते अघि प्रचण्डले दौरासुरुवाल लगाएको देखिएकै थिएन्।

प्रचण्डले आफू दौरासुरुवाल विरोधी नभएको, दौरासुरुवाल मनपराउने गरेको र राष्ट्रपति विद्यादेवी भण्डारीसहित एमाले अध्यक्ष केपी शर्मा ओली तथा अन्य पार्टीका साथीहरूको अनुरोधमा दौरा सुरुवाल लगाएको संसदबाटै उद्घोष गरे। उनले बानी पर्न केही समय लागे पनि अहिले नियमित दौरासुरुवालमा हिँड्दा सहज हुँदै गएको पनि टिप्पणी गरेका थिए।

तर आज प्रधानमन्‍त्री प्रचण्डले मन्त्रिमण्डल विस्तार गर्दा आफ्नै पार्टी नेकपा माओवादी केन्द्रबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीको शपथ लिएका सुदन किरातीले भने दौरासुरुवाल लगाएनन्। किरातीबाहेकका सबै पुरुष मन्त्री दौरासुरुवालमा शपथ लिँदा किरातीले भने कोट, पाइन्ट, टाइमा ठाँटिएर शपथ लिए।

किरातीले किन दौरासुरुवाल लगाएनन् त्यो कुनै दिन उनले भन्लान्, तर अहिले प्रधानमन्त्री प्रचण्डले नै दौरासुरुवालमा अभ्यस्त भएँ भन्दै गर्दा किरातीले किन लगाएनन् भन्ने प्रश्न उपब्जिएको छ। सामाजिक सञ्जालमा पनि किरातीको पोशाकको विषयले चर्चा पाउन थालेको छ। केहीले उनले किराती भेषभुषामा शपथ लिएको भए हुन्थ्यो भनेका छन्।

मंगलबार नेकपा एमालेबाट ४, नेकपा माओवादी केन्द्रबाट ३, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ३ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ३ सांसद सरकारमा सहभागी भएका छन्। माओवादी, रास्वपा र राप्रपाले एक/एक राज्यमन्त्रीले शपथ लिएका छन्। पुस १० गते प्रधानमन्त्री नियुक्त पुष्पकमल दाहाल प्रचण्डले ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए।

पर्यटन मन्त्रालयको विवरण अनुसार विसं २०३४ मा डा हर्क गुरुङ पर्यटन राज्यमन्त्री भएका थिए। त्यसयता मुलुकले ४० जना पर्यटनमन्त्री पाइसकेको छ। विसं २०३५ मा भोजपुरको अ‍ेख्रेमा बुवा हर्कबहादुर राई र आमा रक्षा कुमारीको कोखबाट जन्मिएका राई भोजपुरबाट तीन पटक (विसं २०६४, २०७४ र २०७९) मा सांसद बनेका थिए।

गत पुस १० मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ सरकार गठनभएपछि तत्कालीन पर्यटनमन्त्री जीवनराम श्रेष्ठ ३९औँ पर्यटनमन्त्रीका रुपमा एक सय ८३ दिन काम गरेर बिदा भएका थिए।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment