Latest
img

ज्ञानेन्द्र शाहीलाई मन्त्री नबनाएपछि राप्रपाभित्र तिव्र असन्तुष्टि

काठमाडौं । वर्तमान सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञानेन्द्र शाहीलाई मन्त्री नबनाउने देखेपछि पार्टीभित्र असन्तुष्टि देखिएको छ । राप्रपा, केन्द्रीय सदस्य तथा जन सम्पर्क विभाग प्रमुख भीमबहादुर शाहीले एक विज्ञप्ति जारी गर्दै यस्तो बताउनु भएको हो ।

राप्रपाले प्रचण्ड नेतृत्वको सरकारमा तीन मन्त्री र एक राज्यमन्त्री पाएको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, शहरी विकास मन्त्री बिक्रम पाण्डे, कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा दीपकबहादुर सिंह हुनुहुन्छ ।

मन्त्री बन्नेहरूको सूचीमा जुम्लाबाट पहिलोपटक सांसद बनेका शाही पर्नुभएन् ।विभाग प्रमुख भीमबहादुर शाहीले जारी गरेको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘राप्रपा सरकारमा जाँदै गर्दा, राज्यमन्त्रीसम्मको पनि कर्णालीको हैसियत छैन रहेछ । सरकारमा जाने मन्त्री चर्चा भैरहँदा यो भान भयो ।

कर्णाली प्रदेशमा राप्रपाको न्यून उपस्थिति हुँदाहुँदै पनि जुम्लाले उच्च मुल्यांकन, आशा र भरोसाका साथ देशलाई नै सवक सिकाउने गरि हाम्रो पार्टी र युवा नेतृत्वलाई अमुल्य मत दिएको छ ।’‘हाम्रो माग, कर्णालीमा एक मन्त्रीको भाग’ को नारासहित थप भनिएको छ,

‘जनमतलाई उच्च सम्मान तथा जुम्लाको समग्र विकासका निम्ति भए पनि आज मिति २०७९÷१०÷०३ गतेका दिन राप्रपाको तर्फबाट ज्ञानेन्द्र शाहीलाई जिम्मेवार मन्त्रालयको मन्त्री बनाउनुको अर्को विकल्प छैन । अन्यथा पार्टी भित्र पनि कर्णाली अपमानित भएको महसुस हुनेछ ।’

उता राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले जनतासँग गरेको वाचालाई भुलेर सत्तारोहण गरेको आरोप लगाएका छन् । मंगलबार हेटौँडामा भएको कार्यकर्ता भेलालाई संवोधन गर्दै अध्यक्ष थापाले भने, ‘हामीलाई सत्तामा गयो भनेर गाली गर्नेहरु जनतालाई ढाँटेर आफैं सत्तारोहण गरेका छन् ।’

राप्रपाले राजसंस्थालाई ‘डिपफ्रिज’मा राखेर सत्तामा गएको भन्दै उनीहरुबाट धर्मको रक्षा नहुने आरोप लगाए । राप्रपालाई सत्तामा जान कुन शक्तिले बाध्य पार्यो, शक्तिशाली ठाउँ त महाधिवेशन हो, महाधिवेशनले पास गरेको नीति विपरीत राप्रपा सत्तामा गएकोमा समेत उनले प्रश्न उठाए ।

अहिले निर्माण भएको गठबन्धन स्वार्थको गठबन्धन भएको भन्दै थापाले यो गठबन्धनबाट देशको हित नहुने बताए । भ्रष्ट्राचारमा मुछिएकाहरु सरकारमा गएको भन्दै थापाले अहिलेको गठवन्धन ऊँट जस्तै रहेको बताए ।राप्रपा नेपाल म्याराथुन रेसमा रहेको भन्दै थापाले म्याराथुन रेस लामो हुने र रिजल्ट आउन केहि समय कुर्नपर्ने बताए ।

राप्रपा नेपालले स्वार्थीहरुको समुहलाई छाडेर इमान्दार कार्यकर्ताहरुको भीड जम्मा गरिरहेको भन्दै थापाले राप्रपाको सिद्धान्त र राजनीति सफल हुने विश्वास ब्यक्त गरे ।राप्रपा नेपालले आदर्श र सिद्धान्तलाई सत्ता सङ्ग नसाटेको भन्दै थापाले योजनावद्ध र षड्यन्त्रपुर्वक चरित्र ह’ त्या गरेको विषय आगामी दिनमा स्पष्ट हुने । भ्रम निवारण हुने समेत बताए ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment