Latest
img

रास्वपाबाट श्रममन्त्री भएका अर्यालले भनेः विदेश जाने अवस्था शून्यमा पुर्‍याउँछु

काठमाडौँ- नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । श्रम मन्त्रीको शपथपछि मन्त्रालयमा पदवहालीका क्रममा सञ्चारकर्मीसँग उहाँले नेपालीहरुलाई विदेश जाने अवस्था न्यूनीकरण गरेर शून्यमा पु¥याउने बताउनुभयो ।

उहाँले नेपालमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “नेपाली नागरिकले जबसम्म स्वदेशमै आत्मसम्मानसहितको रोजगार पाउँदैनन्, तबसम्म देशको विकास कल्पना बाहिरको हुन्छ”, उहाँले भन्नुभयो ।स्वदेशमै रोजगारीका पर्याप्त अवसर सिर्जना नभएसम्म वैदेशिक रोजगारी बाध्यात्मक रहेको उहाँले बताउनुभयो ।

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दक्ष बनाएर पठाउनेमा आफ्नो ध्यान केन्द्रित हुने उहाँको भनाइ छ । “दक्ष भएर विदेश नजाँदासम्म श्रमिकले दुःख पाइरहेको अवस्था छ”, उहाँले भन्नुभयो, “त्यसको निराकरणका लागि मैले काम गर्छु ।” मन्त्रालयले समन्वय गरेर स्वदेशमा पर्याप्त मात्रामा रोजगारी सिर्जना गरिने मन्त्री अर्यालको भनाइ छ ।

“बाध्यताले नभई चाहेर मात्र विदेश जाने अवस्था सिर्जना गर्ने मेरो लक्ष्य हो”, उहाँले भन्नुभयो ।त्यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले राष्ट्रिय ज्येष्ठ नागरिक नीतिको प्रारम्भिक मस्यौदाबारे अन्तिमरुप दिन समिति गठन गरी कार्य अघि बढाउने पहिलो निर्णय पनि गरेकी छन् ।

पदभार गर्दै उनले आधाभन्दा बढी जनसङ्ख्या महिला भएपनि सहभागिता न्यून रहेकाले महिला सहभागीताको नीतिलाई कार्यान्वयनमा जोड दिने बताइन् ।उनले महिला हिंसा न्यूनीकरण गर्न पहल समेत बताइन् ।उनले महिला, बालबालिका र जेष्ठ्य नागरिकका हक अधिकार संस्थागत गर्न तथा उनीहरुको सुरक्षणका लागि विशेष काम गर्ने बताइन् ।

मन्त्री चौधरीले महिलालाई राज्यका सबै क्षेत्रमा समान पहुँच स्थापित गर्न, ग्रासरुटबाटै बालबालिकाहरुको वृत्ति विकास गर्न र बालअधिकार प्रत्याभूत गर्न ठोस योजना लिएर आउने बताइन् ।उता सरकारले कृषि उत्पादन बढाउन ‘कृषि उत्पादन प्रवर्द्धन तथा लगानी दशक’ घोषणा गर्ने भएको छ ।

नवनियुक्त कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले आज मन्त्रालयमा पदवहाली गरेपछि उक्त दशक घोषणा गर्नेसम्बन्धी निर्णय गरेको हो ।कृषिमा लगानी अभिवृद्धि गरी उत्पादन बढाउने उद्देश्यले सो कार्यक्रम सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

कृषि लगानी दशक आर्थिक वर्ष २०८०/०८१ देखि २०८९/९० सम्म सञ्चालन हुनेछ । यस्तै मन्त्री साहले कृषि बीमाको अनलाइनबाट भुक्तानी गर्ने सम्बन्धी निर्णय गरेकी छन् ।कृषि बीमाको भुक्तानी कागजीरुपमा हुँदा किसानले लामो समयसम्म क्षर्तिपूर्ति पाउन सकेका छैनन् ।

अनलाइन प्रक्रिया सुरु भएपछि क्षतिपूर्ति भुक्तानी सहज हुने विश्वास व्यक्त गरिएको छ । पदवहालीका क्रममा मन्त्री साहले सञ्चारकर्मीसँगको कुराकानीमा आफूले आम किसानको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment