Latest
img

किन चुक्दैछन् रबि लामिछाने ?

काठमाण्डौँ । रवि लामिछाने नेपालमा टेलिभिजनमा कार्यक्रम गरेर चर्चामा आए । उनले सिधा कुरा जनतासँग चलाउँदा वैदेशिक रोजगारीमा समस्यामा परेका नेपाली र नेपालको राजनीतिक विकृति र भ्रष्टाचार बिरुद्ध चर्चा गरे । जसको फलस्वरुप उनले लोकप्रियता पाए ।

त्यसैको जगमा उनले टेलिजिभनबाटै राजनीतिमा लाग्ने घोषणा गरेर दल निर्माण गरे ।छोटो अवधिमै उनले सफलता पाए । संसदमा उनले २० सिट जिते । उनले पार्टी घोषणा गर्दा भनेका थिए भ्रष्टहरु बिरुद्धको घण्टी बजाउन शुरु भयो । सुसासन कायम गर्ने राम्रो काम गर्ने उनको अठोट थियो ।

त्यही एजेण्डाका कारण उनलाई युवाहरुले मत दिए ।ओली र प्रचण्डले पनि उपप्रधानमन्त्री सहित रोजेकै मन्त्रालय गृह दिएर उनको समर्थन लियो ।डिजिटल डिमोक्रेसीको कुरा गरेका उनले सरकारमा पुग्नासाथ राहदानी विभागको अनुगमन गरे । प्रहरीहरुको एकै पटक ठूलो मात्रामा सरुवा गरे ।

उनी बिरुद्ध नेपाली नागरिकताको अवैध प्रयोगको बिषयमा सर्वोच्चमा बिचाराधीन मुद्धा रहेको बेला प्रहरीकै नेतृत्व गर्ने मन्त्री बने । त्यसपछि उनको अनुसन्धान प्रभावित बनेको छ । यो स्वार्थ बाझिने मन्त्रालय उनलाई दिँनु पनि र उनले लिनु पनि आफैमा सुसासन बिरुद्धको पहिलो कदम थियो ।

त्यसपछि दोस्रो उनले म्यानपावर व्यवशायीलाई नै श्रम मन्त्रीको जिम्मेवारी दिए । त्यसको बिरुद्ध चौतर्फी प्रश्न उठ्न शुरु भएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व गर्दै श्रम मन्त्रालयको जिम्मेवारी पाएका अर्याल आफैं ‘सृष्टि ओभरसिज इम्प्लोयमेन्ट सर्भिसेज’ का अन्तर्राष्ट्रिय बजार निर्देशक हुन् ।

अर्यालले मन्त्रीको शपथ लिँदासम्म कम्पनीको बेवसाइटमा उनको फोटो र नाम थियो । तर बिरोध शुरु भएपछि म्यानपावरको वेभसाईट नै सट डाउन गरियो ।एजेन्सीहरूलाई नियमन गर्दै श्रमिकको हकहितका लागि काम गर्नुपर्ने मन्त्रालयको नेतृत्व म्यानपावर एजेन्टलाई दिने निर्णय पार्टी सभापति लामिछानेले गरेका हुन् ।

म्यान पावर कम्पनीका मालिक नै श्रम मन्त्री भए पछि उनले सरकारले भने जस्तो फ्रि भिसा , फ्रि टिकट हुँदा समेट लुटिईरहेका युवाको भविष्य के हुन्छ ? अहिले मलेशिया जान १५०० रिंगिट बेसिक तलबकै लागि तीन लाख हाराहारी पैसा बुझाउनु पर्ने बाध्यतामा युवाहरु छन् ।

युवाहरुलाई यसरी ठगि गर्ने आरोप खेपिरहेका म्यानपावर व्यवशायी नै मन्त्री हुँदा अर्को निराशा शुरु भएको छ त्यो पनि भ्रष्टाचार बिरुद्ध बाचा कसम खाएको पार्टीबाट ।उनले तोसिमा कार्कीलाई एमालेको भागमा परेको स्वास्थ्य मन्त्रालयको राज्यमन्त्री बनाएका छन् । जब कि एक दलले लिएको मन्त्रालयमा सोही दलको राज्यमन्त्री हुने प्रचलन रहि आएको छ ।

यसै गरी गाँउमा नेता आए चोर भन्छन् भन्दै नेतालाई गाली गर्दै सहानुभुति पाएर उदाएका राजेन्द्र लिंग्देनलाई देशभरका अर्बौको ठेक्का अलपत्र पार्ने, सिक्टा सिंचाई आयोजनामा कमसल काम गरेर भ्रष्टाचार भएको मुद्धामा चार करोड धरौटी तिरेका कालिका कन्सट्रक्सनका मालिक विक्रम पाण्डेलाई शहरी विकास मन्त्री बनाएका छन् ।

जुन मन्त्रालय पाण्डेले लिएका छन् सोही मन्त्रालयको ठेक्का विभिन्न आयोजनाको ठेक्का पाण्डेको कम्पनीले लिएको छ ।पुरानालाई गाली गर्नेहरुले जसरी स्वार्थ बाझिने गरी विकृतिको बिउ रोप्ने प्रयास गरेका छन् त्यसको तुलनामा ठूला पार्टीले नै बरु स्वच्छ छविको व्यक्तिव्यहरुलाई मन्त्रालय दिएको छ ।

लामिछानेले चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अहिलेको संविधान र व्यवस्थाभित्र रही जनताको अवस्था बदल्ने गरी काम गर्ने बताएका थिए ।“हाम्रो विजय देशमा परिवर्तन चाहने आम दाजुभाई तथा दिदीबहिनीको हो”, उनले भनेका थिए ।

संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिम्मेवार दलका रुपमा अगाडि बढाउने उनको भनाइ थियो ।“मुलुक र नागरिकको हित के गर्दा हुन्छ भन्ने विषयमा जिम्मेवार भएर प्रस्तुत हुन्छौँ”, उनले भनेका थिए , “अघिल्लो पुस्तासँग भएको निराशा र हामीसँग भएको आशा एवं अपेक्षामा खरो उत्रनेछौँ ।”

उनले भनेका थिए ‘एक सय दिनमा एक सय युवा स्वदेश फर्काउने चुनावी ऐजेण्डा कार्यान्वयनमा ल्याउने छौँ ।”उनले जुन कुरा आम नागरिकको हितमा हुन्छ आफू त्यसको पक्षमा हुने बताएका थिए ।उनले भनेका थिए “मैले कहिँकतै बाटो बिराए भने खबरदारी गर्नुहोला ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment