Latest
img

दुई मुटु दुई तिर भएर नबस्ने भन्दै अमेरिका र अष्ट्रेलियाबाट आएका श्रीमान श्रीमती एउटै चितामा सेलाए

पोखरा । आइतबार पोखरामा दु’ र्घटनामा परेको यती एयरलायन्सका यात्रुहरुको थप विबरण आउने क्रम जारी छ । दु’ र्घटनामा परेको विमानमा डाक्टर, पत्रकार, संगीतकार, लगायत सर्वसाधारणहरु सवार थिए ।जसमध्ये विदेशबाट आएका यात्रुहरु पनि थिए ।

जसमध्ये पोखराका शिवकुमार गुरूङ अमेरिकाबाट र उनकी पत्नि अनुष्का गुरूङ अष्टेलियादेखि काठमाडौं आएर विबाह दर्ता गर्ने योजनामा पोखरा जाँदै थिए ।तर उनीहरुको घर माइत पुग्ने र वृद्ध बाआमा भेट्ने सपना आकाशबाटै अस्तायो । उनीहरुले पोखरा पनि टेक्न पाएनन् ।

दुई मुटु दुईतिर भएर नबस्ने भन्दै यसैपटक विवाह दर्ता गर्ने र दुबै जना अमेरिकामा सँगै बस्ने योजना बनाएर जन्मभूमि आएका उनीहरुले २ विवाह गरेका थिए । विवाहसँगै उनीहरू फेरि छुट्टिन विवश थिए, कास्की दाङसिङकी अनुष्का अष्ट्रेलियामा पढ्दै थिइन् भने शिवको अमेरिकामा व्यापार ।

छिट्टै भेट्ने गरेर छुट्टिएका उनीहरू भेटेर पोखरा जाने योजनामा थिए । उनीहरुलाई माघको ४ गते घरमा नवदम्पतीलाई भित्र्याउने योजना रहेको अनुष्काको परिवारको तयारी थियो ।७६ वर्षीय सुबेदार भक्तबहादुर र ७२ वर्षीय आमा बुद्धि सुब्बा गुरूङ छोराको बाटो हेरेर बसिरहेका थिए । तर, उनीहरूको सपना सँधैका लागि अधुरो बन्यो ।

यो पनि – आइतबार पनि सधैं जस्तो सरु त्रिभुवन विमानस्थलस्थित (एयर ट्राफिक कन्ट्रोल) एटिसीमा ड्युटीमा गएकी थिइन् । तर, आज उनी श्रीमान्सहित छोराछोरी र सासुलाई हजुरामाको चौरासी पूजामा पठाउनका लागि आन्तरिकतर्फको भित्रैसम्म पुगिन् ।

आफू एटिसी अधिकृतका रुपमा कार्यरत रहेकोले सरुलाई भित्रैसम्म जानलाई कुनै रोकावट भएन । श्रीमान्सहित छोरा, छोरी र सासुलाई विमानसम्मै पुर्याएर उनी ड्युटीमा लागिन् । तर, अफशोच उनले आफ्ना चार ‘मुटु’ हरुलाई छाडेर आएको विमान केहीबेरमा दु’ र्घटनामा परेको उनैले थाहा पाइन् ।

सञ्चारमाध्यममा आउनुभन्दा अगाडि नै विमानस्थलकै एटिसी कन्ट्रोलरुममा रहेकी सरुको विमान दु’ र्घटना भएको आफैंले यकिन गरिसकेपछि बेहोस् भईन् ।उनी होस आउँदा विमानमा आगो लागेको दृश्य यत्र-तत्र सार्वजनिक भइसकेको थियो । त्यो विमान त्यही थियो,

केही मिनेट अगाडि आफ्ना दुई सन्तानसहित श्रीमान् र सासुलाई चढाएर पठाएको । युवराज एकीकृत पर्वतीय विकासका लागि अन्तराष्ट्रिय केन्द्र (इसिमोड) मा कार्यरत थिए ।पर्वतको विहादी गाउँपालिका–५ की जमुना ३ महिना पहिले छोराबुहारी, नातिनातीनालाई भेट्न काठमाडौं गएकी थिइन्।

यही माघ ४ गते आफ्नो माइती गाउँ विहादी वडा नं ४ को वानीपोखरामा आयोजना गर्न लागिएको बाबुआमाको चौरासी पूजामा सरिक हुन छोरा र नातिनातीनीलाई लिएर उनी घर फर्किंदै थिइन्। गाउँ घुम्न जाने र पूजामा पनि सहभागी हुन पाइने भएपछि छोरा युवराज कार्यालयमा बिदा मिलाएर केही दिन जन्मगाउँमै रमाउने योजनामा थिए।

श्रीमान् युवराज, सासु जमुना, छोरी आयुर्दी र छोरा बेवीनसहित ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य गरी ७२ मध्ये ६९ जनाको श’ व भेटिइसकेको अवस्था छ ।अझै चार जनाको अवस्थाबारे अज्ञात नै रहेको खबर आइरहेको छ । उद्धारकर्मी हरु खोजीमा जुटेका छन् ।

अस्पतालमा भेला पारिएका श’ वहरुलाई पहिचान गर्ने काम सुरु भइसकेको छ । उता सरु भने अर्धचेत अवस्थामै छिन् । जहाँबसेर सम्पूर्ण विमानहरूको अवस्था बारे ज्ञान हुने गर्छ, त्यहीँ ड्युटीमा रहेकी सरूले आफ्नो परिवार चढेको विमानको अवस्था थाहा पाइन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment