काठमाडौँ – विराटनगरको कोशी हस्पिटलमा मृ’ त घोषणा गरिएको एक शिशुलाई घरमा पुर्याउदाँ जिवित नै भएको भटिएपछि पुन: हस्पिटल फर्काइएको छ ।१७ दिनको शिशुलाई बुधबार विहान कोशी अस्पतालमा उपचारको लागी लगेका थिए ।
मोरङ जहदा–३ भातिगञ्जका दीलिप मुखियाको १८ दिनकी शिशुलाई कोसी अस्पतालका डा. अनिल यादवले मृ’ त घोषणा गरेका थिए ।अ’ न्त्ये’ ष्टिका लागि भन्दै माइती घर लिएर गएका थिए । तर घर पुगेपछि शिशुले हात खुट्टा पनि चलाएपछि हतार हतार एम्बुलेन्स बोलाएर कोशी अस्पताल नजिकै रहेको गोल्डेन अस्पताल भर्ना गरेका छन् ।
अहिले गोल्डेन अस्पतालमा एनआइसीयू कक्षमा उपचार भइरहेको छ ।चिकित्सकले मृ’ त घोषणा गरेपछि आफन्तले घरमा लागेर दा’ हसस्कारको तयारी गर्ने बेलामा शिशुको शरिर चल्न थालेपछि अहिले विराटनगरको गोल्डेन अस्पतालमा उपचार भईरहेको बतईएको छ ।
शिशु जिवितै पाइएपछि आ’ क्रोशित बनेका आफन्तले डिउटीमा खटेका दुई जना चिकित्सक माथी कु’ टपिट समेत गरेका छन् ।कोसीमा मृ’ त घोषणा गरेपछि गोल्डेन अस्पतालमा लैजाँदा शिशु जीवित भएको त्यहाँका डाक्टरले बताएपछि आ’ क्रोशित परिवार र
आफन्तले डाक्टर यादवमाथि कु’ टपीट गरेका हुन् ।शिशुका आफन्तले हातपात गर्दा डाक्टर यादव सामान्य घाइते भएका छन् । उनको टाउकोमा चो’ ट लागेको छ ।जिउँदै बच्चालाई मृ’ त घोषित गरेको भन्दै हातपातमा उत्रिएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो ।
यो पनि – वरिष्ठ नेत्र रोग विशेषज्ञ डा सन्दुक रुइतलाई १३ करोड नेपाली रुपैयाँभन्दा बढी रकम बराबरको प्रतिष्ठित इसा अवार्ड पाउने भएका छन्। ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले मंगलबार डा रुइतलाई उक्त अवार्ड प्रदान गर्न लागिएको घोषणा गरेको हो।
बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त अवार्ड हरेक दुई वर्षमा प्रदान गरिँदै आइरहेको छ। यो पटक डा रुइतलाई प्रदान गर्ने निर्णय भएको संस्थाले जनाएको छ। यो अवार्ड सन् २००९ मा स्थापना भएको हो ।तर वितरण भने सन् २०१३ देखि सुरु भएको हो।
‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले सार्वजनिक गरेको जानकारी अनुसार उक्त अवार्ड फेब्रुअरी महिनामा प्रदान गरिनेछ। ‘अवार्डको पाँचौं संस्करण अन्तर्गत सन् २०२३ मा डा सन्दुक रुइतलाई उक्त अवार्ड प्रदान गरिनेछ। अवार्डसँगै डा रुइतले १० लाख डलर अर्थात १३ करोड नेपाली रुपैयाँभन्दा बढी रकम, गोल्ड मेडल र प्रमाणपत्र समेत प्रदान गरिने छ,’ संस्थाले सार्वजनिक गरेको जानकारीमा उल्लेख छ।
डा रुइतले आफूले उक्त अवार्ड पाउन लागेको जानकारी पाएको बताए। स्वास्थ्यखबरसँग कुरा गर्दै उनले भने, ‘यो प्रतिष्ठित अवार्ड पाउँदा निकै खुसी लागेको छ। नेपालीको छोराले यो अवार्ड पाउनु सानो कुरा होइन। यो अवार्डले विश्वमा नेपालीको आत्मसम्मान बढाउन मद्दत गर्छ।’
डा रुइतले अन्धोपन निवारणको क्षेत्रमा गरेको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गर्न लागिएको बहराइनका राजपरिवारका सदस्य शेख मो बिन मुबारक अल खालिफाले जानकारी दिएका छन्। मंगलबार अवार्ड घोषणा कार्यक्रममा उनले भने, ‘अन्धोपन निवारका लागि डा सन्दुक रुइतले गर्नुभएकोझ मानविय कल्याणका लागि उहाँलाई इसा अवार्डका लागि छनोट गरिएको हो।’
गल्फ न्यूजमा आएको समाचार अनुसार डा रुइतलाई अन्धोपन निवारणका क्षेत्रमा विशेषगरी मोतिबिन्दुको क्षेत्रमा गरिएको योगदानका आधारमा यो अवार्ड प्रदान गर्ने निर्णय भएको हो।उक्त अवार्डका लागि १३९ जना व्यक्ति र संस्थाहरु छनोटमा परेका थिए ।जसमध्ये छनोट समितिले सुरुमा ६ जना संस्था/व्यक्ति छनोट गरेको थियो।
अमेरिकास्थित मर्सी शिप, बंगालादेशको फ्रेन्ड्सशिप एनजीओ, गरिबको हितमा सक्रिय कोलम्बियाली क्यामिलो जोस हेरेया, वातावरण संरक्षणमा क्रियाशील केन्याकी न्जाम्बी माटी, स्वीटजरल्यान्डको जेनेभास्थित विश्व स्वास्थ्य संगठन फाउन्डेशन र नेपालका डा सन्दुक रुइत ५ जनाभित्र परेका थिए। उनीहरु सबैको विषयमा अध्ययन र उनीहरुको कामका विषयमा अध्ययन गरिसकेपछि डा रुइतलाई अवार्ड दिने निर्णय भएको हो।
Leave A Comment