Latest
img

अमेरिकाबाट बिरामी हजुरआमा र आमा भेट्न गएकी २१ बर्षकी बन्दनाको आमालाई भेट्न नपाउँदै मृ’ त्यु

काठमाडौँ – आइतबार पोखरामा भएको बिमान दु’ र्घटनामा ज्यान गुमाउनेहरुका कैयन कथाहरु अझै भन्न बाँकी छन् । अमेरिकाको टेक्सासबाट बिरामी हजुरआमा भेट्न नेपाल गएकी २१ बर्षकी बन्दना सुनारले पनि आइतबारको दु’ र्घटनामा ज्यान गुमाइन् ।

झण्डै एकसाता अगाडि अमेरिकाबाट भाईलाई लिएर नेपाल गएकी थिइन् बन्दना । काठमाडौंमा अस्पतालमा उपचाररत हजुरआमालाई भेटेपछि उनले बाग्लुङ गल्कोटमा बस्ने आमालाई भेट्नका लागि जाने योजना बनाइन् । भाईलाई काठमाडौंमा नै छाडेर उनी एक्लै आमालाई भेट्न बाग्लुङ जाँदै थिइन् ।

तर उनले आमालाई भेट्न नपाउँदै संसार छाड्नुपर्यो ।साथी र आफन्तलाई सरप्राइज दिन उनी आइतबार बिहान कसैलाई नभनी पोखरा जाँदै थिइन्। ‘बन्दना नेपाल आएको छ भनेर हामीले त बल्ल आज थाहा पाएको हो, ऊ जहिले पनि सरप्राइज दिएर आउँछ,’ बन्दनाकी नातेदार जेमी सुनारले आँशु पुछ्दै भनिन्, ‘यो कस्तो सरप्राइज हो!’

बन्दना झण्डै ६ बर्षदेखि भाई र दिदीसँगै अमेरिकाको टेक्सासमा बस्दै आएकी थिइन् । बुबासँगै अमेरिका गएपनि केहीबर्ष अगाडि क्या’ न्सरका कारण बुबाको अमेरिकामा नै निधन भएको थियो । बन्दनाका फुपु दिदीहरु पनि अमेरिकामा नै भएकाले फुपु दिदीहरुको नजिक रहेर उनले अमेरिकामा नर्सिङ पढ्दै आएकी थिइन् ।

यो पनि – आइतबार पनि सधैं जस्तो सरु त्रिभुवन विमानस्थलस्थित (एयर ट्राफिक कन्ट्रोल) एटिसीमा ड्युटीमा गएकी थिइन् । तर, आज उनी श्रीमान्सहित छोराछोरी र सासुलाई हजुरामाको चौरासी पूजामा पठाउनका लागि आन्तरिकतर्फको भित्रैसम्म पुगिन् ।

आफू एटिसी अधिकृतका रुपमा कार्यरत रहेकोले सरुलाई भित्रैसम्म जानलाई कुनै रोकावट भएन । श्रीमान्सहित छोरा, छोरी र सासुलाई विमानसम्मै पुर्याएर उनी ड्युटीमा लागिन् । तर, अफशोच उनले आफ्ना चार ‘मुटु’ हरुलाई छाडेर आएको विमान केहीबेरमा दु’ र्घटनामा परेको उनैले थाहा पाइन् ।

सञ्चारमाध्यममा आउनुभन्दा अगाडि नै विमानस्थलकै एटिसी कन्ट्रोलरुममा रहेकी सरुको विमान दु’ र्घटना भएको आफैंले यकिन गरिसकेपछि बेहोस् भईन् ।उनी होस आउँदा विमानमा आगो लागेको दृश्य यत्र-तत्र सार्वजनिक भइसकेको थियो । त्यो विमान त्यही थियो,

केही मिनेट अगाडि आफ्ना दुई सन्तानसहित श्रीमान् र सासुलाई चढाएर पठाएको । युवराज एकीकृत पर्वतीय विकासका लागि अन्तराष्ट्रिय केन्द्र (इसिमोड) मा कार्यरत थिए ।पर्वतको विहादी गाउँपालिका–५ की जमुना ३ महिना पहिले छोराबुहारी, नातिनातीनालाई भेट्न काठमाडौं गएकी थिइन्।

यही माघ ४ गते आफ्नो माइती गाउँ विहादी वडा नं ४ को वानीपोखरामा आयोजना गर्न लागिएको बाबुआमाको चौरासी पूजामा सरिक हुन छोरा र नातिनातीनीलाई लिएर उनी घर फर्किंदै थिइन्। गाउँ घुम्न जाने र पूजामा पनि सहभागी हुन पाइने भएपछि छोरा युवराज कार्यालयमा बिदा मिलाएर केही दिन जन्मगाउँमै रमाउने योजनामा थिए।

श्रीमान् युवराज, सासु जमुना, छोरी आयुर्दी र छोरा बेवीनसहित ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य गरी ७२ मध्ये ६९ जनाको श’ व भेटिइसकेको अवस्था छ ।अझै चार जनाको अवस्थाबारे अज्ञात नै रहेको खबर आइरहेको छ । उद्धारकर्मी हरु खोजीमा जुटेका छन् ।

अस्पतालमा भेला पारिएका श’ वहरुलाई पहिचान गर्ने काम सुरु भइसकेको छ । उता सरु भने अर्धचेत अवस्थामै छिन् । जहाँबसेर सम्पूर्ण विमानहरूको अवस्था बारे ज्ञान हुने गर्छ, त्यहीँ ड्युटीमा रहेकी सरूले आफ्नो परिवार चढेको विमानको अवस्था थाहा पाइन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment