Latest
img

बालेनले सोमबार चालेको ‘बोल्ड कदम’ छिनभरमै छायो सामाजिक सञ्जालमा: “बालेन प्रधानमन्त्री बनेको हेर्ने धोको छ”

काठमाडौं ।

आइतबार इन्द्रजात्रा अवलोकन गर्न काठमाडौं आएको उक्त भ्रमण टोलीलाई भक्तपुर नगरपालिकाले भक्तपुर नपा २ ब्यासीस्थित नगरपालिका सभाकक्षमा उनीहरूको स्वागतमा एक कार्यक्रम आयोजना ग¥यो।

उक्त टोलीलाई नगर प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले नगरपालिकाको लोगोअंकित परम्परागत खादा र महिला अतिथिलाई सुर्केथैली उपहारसहित स्वागत गरे।

सो कार्यक्रममा काठमाडौं महानगरपालिका लोकप्रिय मेयर बालेन साहको समेत उपस्थिती रहेको थियो ।

बालेन प्रायः सार्वजनिक कार्यक्रममा सरिक हुदैनन् र भएपनि सितिबिती सम्बोधन गर्दैनन् । बालेनले बोलेका हरेक लाइन बोल्ड र घतलाग्दा हुन्छन् ।

उनले बोलेका कुराहरु छिनभरमै सामाजिक सञ्जालमा भाइरल बन्ने गरेका छन् । बालेनले भक्तपुरको यो कार्यक्रममा भक्तपुरको मौलिकता,

सम्पदा जगेर्ना र सरसफाइबाट आफू निकै प्रभावित भएको बताउँदै ठेक्कापट्टाबाट हुने सम्पदा र विकास निर्माणका गतिविधिको नियमित अनुगमन हुनुपर्ने धारणा राखे।

विदेशी सहयोगले नेपाल बन्दैन भन्ने भक्तपुर ज्वलन्त उदाहरणका रूपमा रहेको बताउँदै उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको व्यापारीकरण

बन्द गरिनुपर्ने र जनताका आधारभूत आवश्यकतामा पर्ने विषयहरूको जिम्मा राज्यको हुनुपर्नेमा जोड दिए।

बालेनले बोलेको यो दुई लाइन सामाजिक सञ्जालमा भाइरल नै बन्यो । बालेन देशको प्रधानमन्त्री बनेको हेर्न मन छ भन्दै धेरैले टिप्पणी गरे ।

यसैबीच, सोमबार बालेनले चालेको एक कदमले उनको चर्चा नयाँ उचाइमा पुगेको छ ।

काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्रले नगर प्रहरीलाई गलत काम नगर्न निर्देशन दिएका छन् । आज सोमवार भएको एक कार्यक्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।

मेयर शाहले विगतमा भएका कमजोरीलाई सच्याउँदै इमानदारिताका साथ काम गर्न पनि नगर प्रहरीलाई आग्रह गरे ।

उनले भने , ‘गल्ती भएका कुरालाई सच्याउँदै अघि बढ्नुपर्छ । गलत काम गरेर, पैसा आर्जन गरेर मान्छेलाई कहिल्यै सुख हुँदैन भन्ने तपाईँहरूले देखी नै सक्नुभएको छ ।

हामी धर्म र पापमा विश्वास गर्छाैँ । गलत गरेर कमाएको धन, पाप धुरीबाट कराउँछ भनेजस्तै यो कुरालाई मनन गरेर आफ्ना आचरण सुधार गर्नुस् ।’

यस्तै मेयर साहले नगर प्रहरीलाई शारीरिक अभ्यास गराउनुपर्ने पनि बताए । उनले प्रहरी संस्था सबै समान भएको बताउँदै नगर प्रहरीलाई पनि त्यसैअनुसारको बनाउने बताए ।

आफ्नो छोटो सम्बोधनमा बालेनले नेपाल प्रहरीबाट केही जनशक्ति नगरप्रहरीमा थप्न खोजिएकोमा सफल नभएको बताए ।

‘हामीले नेपाल प्रहरीबाट ल्याउन खोज्दा नगर प्रहरीभन्दा हामी माथि हौं भन्ने भावना देखियो’, उनले भने, ‘तपाईंहरुले आगामी दिनमा फिटनेसदेखि विभिन्न

पक्षहरुमा सुधार ल्याएर आफ्नो सवलीकरणमा लाग्नुस् । यसका लागि आवश्यक सहयोग महानगरले गर्न तयार छ ।’ साहले अनुशासनमा रहेर काम गर्न नगरप्रहरीलाई आग्रह गरे ।

बालेनको यो कदमपछि उनले दिएको निर्देशनवाला भिडियो क्लीप छिनभरमै सामाजिक सञ्जालमा छायो । सामाजिक सञ्जालमा यो भिडियो सेयर र

समर्थन गर्दै आएका प्रतिक्रियामध्ये ९० प्रतिशत सामाजिक सञ्जाल प्रयोगकर्ताले बालेन देशको प्रधानमन्त्री बनेको हेर्ने धोको भएको प्रतिक्रिया दिएका छन् र टिप्पणी गरेका छन् ।

 

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment