पोखरामा यती एयरलाइन्सको विमान दु’ र्घटना हुँदा बेलायतको एसेक्सका एक सफल ब्याले डान्सर पनि मा’ रिएका छन्। ३४ वर्षीय रुवान क्रेटनले लन्डन, फिनल्यान्ड र स्लोभाकियामा काम गरेको बीबीसीले जनाएको छ। उनले ब्रेन्टवुडस्थित सेन्ट्रल स्कुल अफ डान्समा नृत्य सिकेका थिए।
सो स्कुलकी निर्देशकले आफूहरु खबर सुनेर स्तब्ध बनेको बताएकी छन्। बाल्यकालमा नृत्य परीक्षामा अत्यन्त राम्रो नतिजा ल्याएका रुवानले २००८ मा उनले लन्डनस्थित सेन्ट्रल स्कुल अफ ब्यालेबाट स्नातक गरेका थिए। त्यसपछि उनले स्लोभाक नेसनल थिएटरमा पाँच वर्ष काम गरेका थिए।
त्यसपछिका ६ वर्ष उनले फिनिस नेसनल अपेरा एन्ड ब्यालेमा बिताए। उनले अध्ययन गरेका र काम गरेका सबै संस्थाहरुले उनको मृ’ त्युमा शोक व्यक्त गरेका छन्। उता माघे संक्रान्तिका दिन पोखरामा यती एयरलाइन्सको जहाज दु’ र्घटना भएपछि काठमाडौंबाट पोखरा जाने हवाई यात्रु ५० प्रतिशतले घटेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सामान्य अवस्थामा काठमाडौंबाट पोखरा जाने हवाई यात्रु दैनिक २ हजार ३ सयहाराहारी हुने गर्थे। तर, यतीको जहाज माघ १ मा पोखरा सेती खोंचमा दु’ र्घटना भएयता त्यता जाने यात्रु ५० प्रतिशतले घटेका छन्। यसअघि दैनिक २ हजार ३ सयहाराहारीले काठमाडौंबाट पोखरा यात्रा गर्थे।
यतीको जहाज दु’ र्घटनापछि यो संख्या घटेर अहिले १ हजार १ सयभन्दा कम हुन पुगेको त्रिभुवन विमानस्थलले जनाएको छ। निजी वायुसेवा कम्पनी बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णले पोखरा जाने हवाई यात्रु संख्या अन्य समयको तुलनामा कमी आएको बताए।
मौसमका कारण जहाज डिले हुने भएकाले पनि यो समयमा यात्रु घट्ने गरेको र पछिल्लो दु’र्घटनाले थप यात्रु घटेको हुनसक्ने उनको भनाइ छ। सौर्य एयरलाइन्सका बजार व्यवस्थापक मुकेश खनालले पोखरासहित सबै क्षेत्रमा यात्रु संख्या घटेको बताए। ‘पोखरामा मात्र होइन, अन्य गन्तव्य जाने यात्रु पनि घटेका छन्,’ खनालले भने, ‘माघ १ गतेको दु’ र्घटनापछि धेरै यात्रु त्रसित देखिएका छन्।‘
यात्रु घट्न थालेपछि वायुसेवाहरूले उडान संख्यासमेत घटाउन थालेका छन्। सौर्यले पोखरामा दैनिक दुई उडान अनुमति लिए पनि अहिले एकमा झारेको छ। त्यस्तै बुद्ध, यती र गुण एयरलाइन्सले पनि उडान संख्या घटाउन थालेको जनाएका छन्। अहिलेको सिजनमा जहाज दु’ र्घटना नहुँदा पनि यात्रु घट्ने गरेको वायुसेवाहरूको भनाइ छ।
यतीको दु’ र्घटनाले यात्रुमा थप त्रास बढेका कारण अहिले जहाजभन्दा गाडीमा यात्रा गर्नेको संख्या बढेको हुनसक्ने अनुमान छ। गुणका बजार व्यवस्थापक प्रज्वल थापाले सोमबार र मंगलबार पोखरा जाने यात्रुको संख्या ह्वात्तै घटेको बताए। ‘यसअघिका दुई दिन पोखराबाहेक अन्य गन्तव्यमा पनि यात्रु घटेका थिए,’
थापाले भने, ‘बुधबारदेखि यात्रु चाप केही बढ्न थालेको छ।’यती एयरलाइन्सको ७२ सिट क्षमतायुक्त ‘एटिआर७२–५००’ सिरिजको जहाज दु’ र्घटना हुँदा ७२ जनाको ज्यान गएको थियो। पोखरामै ठूलो हवाई दु’ र्घटना भएपछि अन्य विमानस्थल झनै सुरक्षित नभएको विश्लेषण यात्रुले गर्न थालेका छन्।
जहाजमा यात्रा गर्नेले पनि ‘मन भारी बनाएर यात्रा गरियो’ भन्ने खालका स्टाटस सामाजिक सञ्जालमा राख्न थालेका छन्। यसले पनि यात्रुमा पोखराको घटनाले त्रसित बनाइरहेको छ भन्ने मनोभाव यात्रुमा देखिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीको भनाइ छ।
Leave A Comment