Latest
img

पाचन प्रणालीलाई सुधार्दै ग्यास्ट्रिकमुक्त हुन यी योगासन गर्नुहोस्

काठमाडौँ – पाचन सम्बन्धी समस्या वृद्ध वृद्धामा मात्रै नभएर युवामा पनि हुन्छ । यसको सबैभन्दा ठुलो कारण मानिसको जीवनशैलीमा आएको गम्भीर परिवर्तन हो । शारीरिक क्रियाकलापको कमी, पर्याप्त पौष्टिक खाना नलिने,

आवश्यकताभन्दा बढी सोच्ने र मानिसमा बढ्दो मानसिक तनाव जस्ता कारणहरूले तपाईँलाई एसिडिटीको सिकार बनाउँछ । तर, यदि तपाई आफ्नो स्वास्थ्यप्रति सचेत हुनुहुन्छ, खानामा पौष्टिक तत्त्वको मात्रा बढाउनुभयो र योग गर्नुभयो भने यो पनि समाधान गर्न सकिन्छ ।

आज हामी तपाईँलाई एउटा विशेष योग बताउन गइरहेका छौँ, जसको नियमित अभ्यास गर्नाले तपाई एसिडिटीको समस्याबाट टाढा रहनुहुनेछ । एसिडिटीको समस्या भएकाले जानुशिरासन, उस्त्रासन, तिर्यक ताडासन, करिचक्रसन र हलासन अभ्यास गर्नुपर्छ ।

यसका साथै पवनमुक्तासनको ५ देखि ७ पटक अभ्यास गर्नु निकै लाभदायक हुन्छ । प्रत्येक खानापछि ५ देखि ७ मिनेटसम्म वज्रासनमा बस्नाले पनि मद्धत पुर्‍याउँछ । पवनमुक्तासन यो आसन पेटका लागि निकै फाइदाजनक हुन्छ । यो योगले ग्यास्ट्रिक, पेटको विकारमा फाइदा पुर्‍याउँछ ।

पेटको बोसो बढाउन पनि यो निकै लाभदायक आसन हो । यस योगको कर्मले शरीरबाट दूषित वायु शरीरबाट मुक्त हुन्छ । मालासन धेरै खाएपछि तपाई प्रायः भारी महसुस गर्नुहुन्छ । यसको कारणले तपाईँको खाना राम्ररी पच्दैन, त्यसैले तपाईँलाई सुस्त र थकान महसुस हुन्छ ।

यस्तो अवस्थामा ५ मिनेट मालासनको अभ्यास गरेमा यो समस्याबाट तुरुन्तै राहत मिल्छ । सधैँ कब्जियत र ग्यासको समस्या हुने मानिसहरूका लागि पनि यो आसन लाभदायक हुन्छ । ध्यान वा योग निद्रा मानसिक तनाव आजको जीवनशैलीको हिस्सा बनिसकेको छ ।

यसले थप एसिडिटी बढाउँछ । ध्यान वा योग निद्राको नियमित अभ्यासले सबै तनाव हटाउँछ र दिमाग स्वतन्त्र र हल्का हुन्छ ।अमरउजालाबाट भावानुवाद

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment