Latest
img

३० मिनेटमा ल्यान्ड हुनुपर्ने बुद्ध एयरको जहाज ९० मिनेट आकाशमै

काठमाडौं। पोखराबाट काठमाडौंको हवाई उडान समय सामान्यतया ३० मिनेटको हो। तर, आज दिउँसो पौने २ बजे पोखराबाट उडेको जहाज काठमाडौंमा सवा ३ बजे करिब ९० मिनेटमा ल्यान्ड भएको छ। सामान्य अवस्थामा भने जहाज सवा २ बजे ल्यान्ड हुनुपर्ने थियो।

एक घण्टा बढी काठमाडौंको आकाशमा जहाज फन्को लगाउनुको कारण भने विमानमा समस्या भएर होइन। काठमाडौंमा बिहानैबाट बादल र कुहिरो लागेका कारण भिजिबिलिटी कम भएको काठमाडौं विमानस्थल कार्यालयले जनाएको छ। भिजिबिलिटी कम भएपछि बाहिरी जिल्लाबाट आएका अरू केही विमान पनि आकाशमै थिए। जसले एयर ट्राफिक जाम भएको थियो।

बुद्ध एयरको ९ एन एएनआइ कलसाइनको विमान पोखराको आकाशबाट बाराको कलैया हुँदै काठमाडौं आएको हो। पाँच दिनअघि मात्र यती एयरको जहाज पोखरा विमानस्थल नजिक दुर्घटना भएको थियो। पोखराबाटै उडेको विमान १ घण्टा थप आकाशमा होल्ड हुँदा धेरै यात्रु डराएको विमानका यात्रु तथा हास्यकलाकार मनोज गजुरेलले बताए।

उनले भने ‘‘केही दिनअघि मात्रै दुर्घटना भएको कारण यात्रुहरू डराए। तर भिजिबिलिटी कम भएर आकाशमा होल्ड हुनु ठुलो विषय होइन। तर, केही नहुन्जेल केही पनि हुँदैन।’’काठमाडौंमा बिहानैबाट बादल र कुहिरो लागेका कारण भिजिबिलिटी कम भएको छ। भिजिबिलिटी कम हुँदा आकाशमा जहाज फन्को लगाउनु सामान्य विषय मानिन्छ।

यो पनि – पोखरामा भएको जहाज दु’ र्घटनामा मृ’ त्यु हुनुभएकी विमान परिचारिका (एयर होस्टेस) सिर्जना हुङचुङ (सिर्जु थापा) लाई सम्झेर उनको जन्म गाउँ पाल्पाको बगनासकाली गाउँपालिका–९ चापपानी सिरुङ्गा नै शो’ कमग्न छ ।

हुुङचुुङको नि’ धनले परिवारजन पीडामा छन् नै आफ्नो गौरव गुमाउनु पर्दा उहाँको जन्मस्थान सिरुङ्गावासी र गाउँपालिकावासी समेत मर्माहत भएका छन् ।हाल उहाँको परिवार रुपन्देही सैनामैना– ५ मुर्गीयाचोक बस्दै आएको भए पनि पाल्पाको सिरुङ्गामा अंकल, आन्टी सहित आफ्न्तहरु छन् ।

यहाँ आइतबार मध्याह्नदेखि नै शो’ क छायो ।‘विहान १० बजेतिर सिर्जनाको माइला दाजुु बुटवल बस्दै आउनुभएका तेजेन्द्र हुङचुङसँग कुराकानी भइरहको थियो । हामी धेरैबेर दुुई दाजुुभाईबिच कुरा भएको थियो । फोन राखेको दुई घण्टापछि पोखरामा विमान दु’ र्घटनाको खबर पाइयो’ सिर्जनाको अंकलका छोरा विजयराम हुुङचुङले भन्नुभयो ।

उहाँले भन्नुभयो ‘दु’ र्घटनाको खबर पाए पनि बहिनी दुर्घटनामा परेको खबर हामीलाई थाहा थिएन्, एक्कासी दिउँसो दाई तेजेन्द्रले बहिनी पनि दु’ र्घटनामा परिछन् भनेर फोन गरेपछि म अत्यन्त भावुुक बने ।’ परिवारमा नसोचेको घटना भयो विजयरामले हिटासँगको कुराकानीमा बताउनुभयो ।

अहिले परिवारसहित सिङ्गो सिरुङ्गा गाउँ नै शो’ कमा रहेको बगनासकाली गाउँपालिका–९ का वडा अध्यक्ष थानेश्वर तिमिल्सीनाले बताउनुभयो । उहाँको नि’ धनपछि सिरुङ्गामा बस्दै आएका सिर्जनाका अंकल, अन्टीसहित आफन्तलाई सान्त्वना दिने काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।

२०७२ देखि विमान परिचारिकाका रूपमा काम गर्नुभएकी २९ वर्षीया सिर्जना घरकी एक्ली छोरी हुनुहुन्थ्यो । उहाँका तीन दाजुुभाइ रहेका छन् । शनिबार साँझ उहाँले घरमा कुरा गरेर आइतबारको पोखरा उडानबारे परिवारलाई बताउनुभएको थियो ।त्यही कुराकानी उहाँको अन्तिम भइदियो ।

आइतबारको कुराकानीमा सिर्जनाले ६१ वर्षीया आमा खिमसरासँग आफूलाई मनपर्ने बटुका पकाएर पठाइदिन भन्नुभएको थियो । आइतबार विमान दुर्घटना हुँदा खिमसरा छोरीलाई पठाउन बटुक पकाउँदै हुनुुहुन्थ्यो । यत्तिकैमा बिहान ११ः३० बजेतिर पोखरामा विमान खस्यो भन्ने समाचार जताततै फैलियो ।

पछि यति एयरकै जहाज दुर्घटनामा सिर्जना पनि परेको थाहा पाएपछि उहाँलाई पत्याउन कर लाग्यो र सैनामैनामा रहेको सिर्जनाको घरमा रुवावासी सुरु भयो ।सिर्जनाका छिमेकी जम्मा हुनथाले सिङ्गो गाउँ नै शोकमा परिणत भयो । एक दिन अगाडि फोनमा छोरीसँग घण्टौँ कुरा गर्नुभएकी खिमिसरालाई त्यो घटना सुरुमा

विश्वास गर्न गाह्रो भयो तर केही छिनमै सामाजिक सञ्जाल र मिडियामा नामसहित विवरण आउन थालेपछि खिमिसरालाई पत्याउन कर लाग्यो । प्लस–टुसम्म सैनामैनाकै सिद्धार्थ मेमोरियल एकेडेमीमा अध्ययनरत सिर्जनाले बुटवलको क्रिमसन कलेज अफ टेक्नोलोजीबाट

स्नातक तहसम्म अध्ययन पूरा गरी बुटवलकै सहारा एकेडेमीबाट एयर होस्टेस तालिम लिएर २०७२ सालदेखि यती एयरलाइन्समा काम गरिरहनुभएको थियो ।आइतबार बिहान १०ः३२ मा काठमाडौँबाट उडेको यती एयरलाइन्सको जहाज पोखराको सेती नदीको खोँचमा दु’ र्घटना भएको थियो ।

विमानमा ६८ यात्रु र चालकदलका चार सदस्यसहित ७२ जना थिए । जसमा ७० जनाको श’ व भेटिएको छ अन्य दुई जना भने अहिलेसम्म भेटिएका छैनन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment