Latest
img

श्रीमानलाई कुरिरहेको छ सीताको श’ व !

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको श’ वगृहअगाडि ३ दिनदेखिको भिडभाड मंगलबारबाट हटेको छ । आइतबारदेखिको त्यो भिडभाड मंगलबार बेलुकासम्म पातलियो । तर त्यो भिड हटे पनि अस्पतालको त्यो श’ व गृहमा अझै पनि ३ वटा श’ व बाँकी नै छन् ।

जसमध्ये एउटा श’ व यस्तो छ, जसको सनाखत भइसक्यो, तर आफन्तले तुरुन्तै लगेनन् । जब कि सोमबारसम्म अरु मृ’ तकका आफन्तहरुको एउटै माग थियो–श’ व छिटो चाहियो । यती एयरलाइन्सको आइतबार भएको जहाज दु’ र्घटनाका मृ’ तकमध्ये ४८ श’ व परीक्षणका लागि मंगलबार काठमाडौं लगिएको छ । बाँकी आफन्तलाई बुझाइयो ।

३ वटामध्ये सीता गुरुङको शवचाहिँ शवगृहमै छ । उनका आफन्त सीताको मात्रै श’ व लैजान चाहन्नन् । उनका श्रीमान्को श’ वको पहिचानै भएको छैन । परिवारले श्रीमान् श्रीमती दुवैको श’ व एकैचोटि लैजाने पक्षमा छन् । सोही कारण सीताको श’ व श्रीमानकाे श’ वको प्रतीक्षामा श’ वगृहमै छ ।

६ महिनाअघि सिजनल भिसामा बेलायत पुगेका श्रीमान् ‘बेलमान गुरुङ’ नेपाल फर्कने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लिन सीता पुगेकी थिइन् । श्रीमान् लिन ४ दिनअघि काठमाडौं पुगेकी सीताको आइतबार काठमाडौंबाट पोखरा फर्कने क्रममा यती एयरको विमान दु’ र्घटनामा ज्यान गयो ।

जहाजमा सीता र बेलमानसँगै थिए । एउटै विमानमा सवार २ जनामध्ये श्रीमान्को न कुनै श’ व हो भन्ने यकीन भएको छ, न नभेटिएका एक यात्रु उनै हुन् भन्ने छ ।विमानमा सवार ७२ जना मध्ये १ जना अझै भेटिएका छैनन् । मंगलबार बलुकासम्म ७१ जनाको श’ व भेटिए पनि अझै १ जनाको अवस्था अज्ञात छ ।

भेटिएकामध्ये ४८ वटा श’ व पहिचान हुन नसकेपछि काठमाडौं लगिएको छ ।पहिचान खुलेर अस्पतालबाट हस्तान्तरण भएका मध्येको एक हो, सीताको श’ व ।तर, श्रीमानको अवस्था अज्ञात भएपछि उनका परिवारले पश्चिमाञ्चल अस्पतालकै श’ वगृहमा सीताको श’ व राखेका हुन् ।

बेलमान गुरुङका भाइ रोशनका अनुसार दाइको खोजबिन नभएसम्म सीताको श’ व अस्पतालमै राख्ने सहमति भएको हो ।‘यहाँ ल्याइएका सबै श’ व हेर्दा दाइको पहिचान हुन सकेन । काठमाडौं लगिएका ४८ मध्ये जुनसुकै हुन सक्छ । भाउजूको श’ व प्रष्ट चिनिएकाले पोखरामा नै पो’ स्टमार्ट’ म भयो ।

हामीलाई श’ व हस्तान्तरण पनि भयो । तर, हामीले यहीँ श’ वगृहमा राखेका छौं, भक्कानिँदै रोशनले भने, ‘यसमाथि अझै एउटा श’ व भेटिएको छैन ।यत्रो दु’ र्घटनाबाट यो संसारमा हुनुहुन्छ भन्ने पनि विश्वास छैन । त्यही पनि दाइको पहिचान भएपछि दा’ हसंस्कार एकैचोटि गर्ने भनेर भाउजूको श’ व यहीं राखेका हौं ।’

३ दिनदेखि सीताको श’ व कुदा कुर्दै उनका आफन्त भावविह्वल छन् । ओठमुख सुकेका छन् । रुँदारुँदै थाकेका आँखाले पो’ स्टमार्ट’ म भवन हेरिरहन्छन् ।अझै कति दिन अस्पताल धाउनुपर्ने हो भाइ रोशनलाई थाहा छैन । ‘जे नहुनुपर्ने हो । त्यो भयो, अस्पतालले पनि १ हप्तासम्म श’ व सुरक्षित राखिदिन्छौं भनेको छ ।

दाइको अझै पहिचान भएको छैन । भोलि नै श’ व पहिचान गर्न २ जना दाइ काठमाडौं जानुहुन्छ,’ भाइ रोशनले भने । कास्कीको माछापुच्छ्रे घरभएका सीता र बेलामानका २ छोरी र १ छोरा छन् ।नभेटिएका यात्रु आफ्नै दाइ पनि हुन सक्ने रोशन बताउँछन् ।

‘भाउजूको त स्प्रष्ट चिनिन सक्ने शव थियो । अनुहारमा चोट नलागेकाले सहज भयो,’ उनले भने, ‘भाउजूले लगाउनुभएको सुन पनि आज अस्पतालले हामीहरुलाई बुझायो । तर, दाइको हालसम्म केही पहिचान हुन सकेन ।’दाइ विदेशबाट ६ महिनापछि आएकाले कोही कसैले पनि शरीर देखेर पहिचान गर्न सक्ने अवस्था नभएको रोशनले सुनाए ।

‘सुरुमा त हामीले एउटा श’ व नै दाइको शव भन्यौं । तर, त्यो त पाइलट कमल केसीको रैछ,’ उनले भने । अस्पतालमा बाँकी ती २ श’ व प्रदेश बाहिरका व्यक्तिका हुन् । दु’ र्घटनामा मृ’ त्यु भएका ४८ जनाको पहिचान हुन नसकेपछि काठमाडौंस्थित फरेन्सिक ल्याबमा पो’ स्टमार्ट’ मका लागि पुर्‍याइएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment