काठमाडौं । बाँकेको नेपालगञ्ज विमानस्थलबाट उडेको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ ।आज बिहान करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान ९:६ मा चन्द्रगढ विमानस्थलमा अवतरण गरेको हो ।
बिहान काठमाडौंमा भिजिबिलिटी निकै कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट भएको काठमाडौं विमानस्थलले जनाएको छ ।उक्त विमान काठमाडौं आइपुग्दा विमानस्थलको भिजिबिलिटी १५०० मिटर मात्रै थियो । अहिले १६०० पुगेको छ ।
मौसम सफा भएपछि विमान चन्द्रगढीबाट काठमाडौं फर्काइने काठमाडौं विमानस्थल कार्यालयले जनाएको छ ।भिजिबिलिटी कम भएका कारण त्रिभुवन विमानस्थलबाट उडान प्रभावित भएको छ ।उक्त एयरलाइन्सको क्यू-४०० विमान खराब मौसमका कारण काठमाडौं बस्न नसकेको हो ।
चन्द्रगढी विमानस्थल एयर ट्राफिक कन्ट्रोल स्रोतका अनुसार बिहान काठमाडौंको भिजिबिलिटी कम भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण हुन सकेन ।‘काठमाडौंमा ल्याण्ड हुन नसकेपछि । अन्यत्र कहीँको एयरपोर्ट खुलेको थिएन । हाम्रोमा मात्र खुलेको थियो ।
त्यही भएर यहाँ अवतरण भएको हो । केहीबेरअघि काठमाडौंका लागि उडिसकेको छ ‘, ती अधिकारीले भने ।उक्त विमान ८०-८२ सीटको भएको बताइएको छ ।त्र्यस्तई मलेसियाको क्वालालाम्पुरबाट नेपाल आउँदै गरेको विमान काठमाडौंमा अवतरण गर्न नसकी फर्किएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि विमान भारतको कोलकाता पुगेको छ ।नेपाल एयरलाइन्सको आरए-४१६ विमान काठमाडौंको आकाशमा फन्को मारेर अहिले कोलकातामा अवतरण गरेको छ ।खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय
विमानस्थलमा अवतरण हुन नसकेपछि विमान कोलकाता पुगेर अवतरण गरेको हो ।आज बिहानैदेखि काठमाडौंमा भिजिबिलिटी कम छ ।बिहानदेखि भिजिबिलिटी कम हुँदा त्रिभुवन विमानस्थलसँगै धेरै आन्तरिक विमानस्थलको उडान प्रभावित भएको छ ।
Leave A Comment