काठमाडौं । प्रेममा असफल भएपछि एक युवकले आ’ त्मदाहको प्रयास भएको खुलेको छ । महानगरीय प्रहरी परिसर काठमाडौका अनुसार बिहीबार बिहान ११ः५५ मा सुन्धरास्थित सिभिल मलको भुइँतलामा २९ वर्षीय बिसन गुरुङले शरीरमा पेट्रोल ख’ न्याएर आगो लगाएर आ’ त्मदा’ हको प्रयास गरेका हुन् ।
उनी केही महिनादेखि एक युवतीसँग प्रेममा रहेको तर उनले असफल भएपछि आ’ त्मदा’ हको प्रयास गरेका छन् । युवती मलस्थित सपिङ सेन्टरमा काम गर्ने तर अस्वाभाविक व्यवहार देखाएपछि युवती गुरुङसँग टाढा हुने कोसिसमा बसेपछि यस क्रममा गुरुङले युवतीलाई नियमित पछ्याउने, टेलिफोन गर्ने, ध’ म्क्याउनेलगायतका गतिविधि गर्दै तर उनले वास्ता नगर्ने क्रम बढेको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार बिहीबार बिहान बोतलमा पेट्रोल लिएर मल पुगेका गुरुङले युवतीले भेट्न नमानेपछि उनी सरासर मलको भुइँतलामा पुगे र बोतलको पेट्रोल शरीरमा ख’ न्याई आगो लगाएको र उनलाई त्यहाँका सुरक्षा गार्डले उद्धार गरेका थिए ।
मलको भुइँतलामा आगोमा द’ न्किरहेको युवक देखेपछि सुरक्षा गार्ड उद्धारमा खटिएका थिए। उनलाई उपचारका लागि तत्काल ट्रमा सेन्टर लगिएको थियो । ट्रमामा उपचार सम्भव नभएपछि उनलाई कीर्तिपुर मोडेल अस्पतालमा रिफर गरिएको थियो ।प्रहरीका अनुुसार उनको शरीर तथा अनुहारका विभिन्न भाग जलेका छन् ।
यो पनि – शर्ट-भिडिओ शेयरिङ प्लेटफर्मका रुपमा परिचित टिकटकमा भिडिओ हालेको भरमा कुनै पनि आम्दानी गर्न सकिँदैन । उदाहरणका लागि युट्युबमा भिडिओ राख्दा त्यसमा विज्ञापन (एडसेन्स) लगाए बापत आम्दानी गर्न सकिन्छ ।
त्यस्तै फेसबुकले पनि क्रियटरलाई लक्षित गर्दै विज्ञापनबाट आम्दानी गर्न सकिने सुविधा ल्याएको छ ।तर, टिकटक भने यी प्लेटफर्मभन्दा भिन्न छ । तैपनि टिकटकबाट पैसा कमाउने र कमाउन चाहनेहरू दिनप्रतिदिन बढिरहेका छन् । क्रियटरका लागि टिकटकमा लाइभ बसेर रकम सहयोग (डिजिटल गिफ्ट) माग्ने सुविधा छ ।
डिजिटल गिफ्ट पाउन प्रयोगकर्ताहरू घण्टौं लाइभमा बस्छन्, जसलाई पछि क्याशमा परिणत गर्न सकिन्छ । टिकटकले आफूले डिजिटल गिफ्टबाट ७० प्रतिशतभन्दा कम कमिसन शुल्क लिने बताएपनि ठ्याक्कै कति कमिसन लिन्छ भन्नेबारे कुनै रिपोर्ट दिएको छैन ।
तर अहिले विभिन्न देशमा टिकटक लाइभमा दर्शकबाट सहयोग मागिरहेको भिडिओ देख्न सकिन्छ । कतिपय देशमा त टिकटकमा लाइभ बसेर गिफ्ट माग्ने गिरोह नै सक्रिय छन् ।केही समयअघि बीबीसीले दक्षिण-पश्चिम सिरियामा टिकटकमा लाइभ बसेर गिफ्ट माग्ने गिरोह नै रहेको पत्ता लगाएको थियाे ।
यसरी लाइभमा बसेर आम्दानी गर्न सकिने भएपछि प्रयोगकर्ता (क्रियटर) अनेक ढंगले गिफ्ट माग्न थालेका छन् ।कोही गेम खेल्छन्, कोही गीत गाउँछन् । कोही लाइभकै मेसोमा नानाथरीका विषयमा वादविवाद गर्दै दर्शकलाई आफूतिर तान्न खोज्छन् ।वास्तवमा अहिले घरको भान्छादेखि पसल, अफिससम्मका टिकटक लाइभ देख्न सकिन्छ ।
सामान्य प्रयोगकर्तादेखि कलाकार, सेलिब्रेटीसम्म टिकटक लाइभमा झुम्मिएको देख्न सकिन्छ । अर्कोतर्फ बेरोजगारी र जीवन गुजारा चलाउन धौधौ पर्नेहरू पनि टिकटक लाइभमा अधिकतम समय दिन थालेका छन् ।वास्तवमा प्रयोगकर्ता तहमा लाइभ स्ट्रिमको कुरा गर्ने हो भने टिकटकले अन्य भिडिओ प्लेटफर्मलाई पछि पारेको भन्न सकिन्छ ।
सामान्य मापदण्ड पूरा गर्नासाथ टिकटक लाइभ सुरु गर्न सकिन्छ । अनि यसैबाट आम्दानी गर्न सकिने विकल्प छ ।टिकटकमा गिफ्ट पाउन क्रियटरले अनेक शैली अपनाउन थालेका छन् । दर्शकलाई आफूतिर तान्न लुगाको स्वरुप बिगार्नेदेखि अनुहारमा हिलो, मोसो र विभिन्न रङ दल्नेसम्मका गतिविधि उनीहरूले गर्छन् ।
हुँदाहुँदा अहिले पानीमा घण्टौंसम्म भिजेर गिफ्ट माग्ने मान्छेहरु बढ्न थालेका छन् ।केही समयअघि ‘आइस बकेट च्यालेन्ज’का नाममा एक बाल्टी पानीमा एक पोको बरफ राखेर आफैंले आफ्नो टाउकोबाट खन्याउने ट्रेन्ड चलेको थियो । त्यतिबेला सो च्यालेन्जको उद्देश्य अर्कै भएपनि अहिले टिकटकमा भने दिनरात पानीमा भिजेर गिफ्ट माग्नेहरूको संख्या बढ्न थालेको छ ।
अन्य टिकटक लाइभमा बोलेर वा अन्य गतिविधि गरेर गिफ्ट माग्ने गरिन्छ । तर यस्ता क्रियटर भने खोला, कुलोमा गएर टिकटक लाइभमा बस्छन् । लाइभका दौरान उनीहरू धेरै बोल्दैनन् । कसैले गिफ्ट सेन्ड गर्नासाथ ‘थ्यांक यु’ भन्दै जगले आफ्नो शरीरमा पानी खनाउँछन् वा पानीमा डुबुल्की मार्छन् ।
अझ धेरै गिफ्ट आए उत्साहित हुँदै पटक पटक शरीरमा पानी खन्याउँछन् ।घण्टौंसम्म एकनासले लाइभमा बस्दा उनीहरूलाई सयौं दर्शकले हेरिरहेका हुन्छन् । तर होस्ट (क्रियटर) भने ‘गिफ्ट प्लिज’, ‘थ्याकं यु’ बाहेक अरु बोल्दैनन् ।यस्तो शैलीको लाइभ इन्डोनेसिया, फिलिपिन्सजस्ताका देशमा बढी भएको पाइएको छ ।
लाइभमा रहँदा उनीहरु चिसोले कठ्याङ्ग्रिएको, काँपेको देखिन्छ । फ्यानहरू भने सहानुभूति देखाउँदै विभिन्न गिफ्ट दिन थाल्छन् । कतै गिरोहले उनीहरूलाई लोभ देखाएर लाइभमा बस्न लगाएको त होइन भन्ने प्रश्न पनि उठेका छन् ।नेपालमा पनि लाइभमा बस्दै गिफ्ट माग्नेहरूले अनेक शैली अपनाउन थालेका छन् ।
यो भीडमा कलाकार, ज्योतिषदेखि चिकित्सकसम्मको लाम देख्न सकिन्छ । टिकटक गेमको नाममा होस् या विभिन्न टिप्स र जानकारी दिने नाममा, यस्ता टिकटक लाइभ दिनरात प्रशस्तै भेटिन्छ । र, अधिकांश गिफ्टकै लोभमा लाइभमा आइरहन्छन् ।फरक शैलीको टिकटक लाइभको नाममा नेपालमा पनि पानीमा रुज्दै गिफ्ट माग्ने प्रवृत्ति नबढ्ला भन्न सकिन्न ।
केही नेपाली टिकटकरले त सुरु गरिसके, अब माघको जाडोपछि यस्ताे शैली बढ्नसक्छ । आखिर जताबाट आम्दानी गर्न सकिन्छ, त्यही गर्न पछि नपर्ने मानिसकिता यस्ता टिकटकरमा जन्मिएको छ । उनीहरुले गिफ्टकै लागि आफ्नो शरीरको ख्याल राख्दैनन्, न त परिवार, समाजप्रतिको जिम्मेवारी सम्झन्छन् ।
टिकटकले गिफ्टका लागि ‘टिकटक शप’ नै खोलेको छ, जहाँबाट लाइभ गिफ्टहरु क्वाइन (भर्चुअल करेन्सी) प्रयोग गरेर खरिद गर्न सकिन्छ । यस्ता भर्चुअल क्वाइन पाउन वास्तविक पैसा तिर्नुपर्छ । लाइभ भिडिओ देखाउने क्रिएटर वा होस्टलाई टिपमार्फत यस्ता गिफ्ट दिन सकिन्छ । दर्शकहरूले होस्टको लाइभस्ट्रिम अवधिमा आफूले चाहे जति उपहारहरू पठाउन सक्छन् ।
मनोरञ्जन र रमाइलो एपका लागि टिकटक सुरु भएपनि यसले धेरै जनाको मानिसक स्वास्थ्य बिगारिरहेको छ । कतिको पढाइ, करियर र घरबार नै तहसनहस पारेकाे छ । यसको धेरै प्रयोगले मुख्यतः मानिसको सिर्जनशीलता, एकाग्रता र परिवार-समाजप्रतिको जिम्मेवारी बिर्साइरहेको छ ।
२०१६ मा पहिलो पटक सार्वजनिक भएको टिकटकमा विशेषगरी कोभिड महामारीको बेलामा धेरै मानिस जोडिए । छोटो भिडिओका लागि याे प्लेटफर्म बन्याे, तर प्रयोगकर्ताहरु लामो समयसम्म चलाउँदा पनि नथाक्ने भएका छन् । फलतः टिकटक धेरै मानिसकाे लत बनिरहेकाे छ, जसबाट वयस्क, बालबालिकासँगै वृद्धवृद्धा समेत शिकार भइरहेका छन् ।
Leave A Comment