Latest
img

साेबिता गौतमको प्रस्तावमा इन्दिरालाई उपसभामुखको उम्मेदवार बनाउने

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले इन्दिरा राना मगरलाई उपसभामुखमा उम्मेदवार उठाउने भएको छ ।शुक्रबार बिहान संसदीय दलको बैठकमा उक्त निर्णय भएको रास्वपाका प्रवक्ता तथा महामन्त्री मुकुल ढकालले बताए । मगरको मनोनयनमा साेबिता गौतम प्रस्तावक रहने पनि ढकालले जानकारी दिए ।

यसअघि गौतमलाई नै उपसभामुखको उम्मेदवार बनाउने बताइएको थियो ।झापाकी मगर समानुपातिक सांसद हुन् । उनी आदिवासी जनजाति क्लस्टरबाट प्रतिनिधि सभाको समानुपातिक सांसदमा चयन भएकी हुन् ।उनी बिबिसी उत्कृष्ट १०० प्रेरणादायी महिलाको सूचीमा पर्न सफल हुनु भएकी थिईन् ।

उनी बन्दी सहायता नेपालको संस्थापक अध्यक्ष हुन् । उनी सन् २०१४ मा विश्व बाल पुरस्कारबाट सम्मानित समेत भएकी थिईन् । दुई दशक अघिदेखि बाआमा जेलमा परेका बच्चाहरूको हेरविचार, शिक्षामा उनी क्रियाशील छिन्। उनले तीन वटा बालसंस्थाको स्थापना समेत गरेकी छिन् ।

साथै २ वटा विद्यालय र १० बालगृहको आफ्नै नेतृत्वमा स्थापना गरेकी छिन् ।यसअघि सोविता गौतमको चर्चा थियो ।बैठकपछि सोविताले आकांक्षा राख्नु स्वाभाविक भएको भन्दै पार्टीले सर्वसम्मतरूपमा उपसभामुखको उम्मेदवार चयन गरेको बताइन् ।सातदलीय गठबन्धनको भागबन्डामा रास्वपालाई उपसभामुख दिने समझदारी बनिसकेको छ ।

सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन् ।संवैधानिक व्यवस्थाअनुसार सभामुख/उपसभामुखमा एकजना महिला अनिवार्य छ ।यसैबीच सभामुख देवराज घिमिरेले आफू नेकपा (एमाले)सँग सम्बन्धित सबै जिम्मेवारीबाट अलग रहेको बताएका छन् ।

नवनिर्वाचित सभामुख घिमिरेले आज प्रेस विज्ञप्ति जारी गरी स्वतन्त्र र निष्पक्षरूपमा काम गर्नका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको बताएका हुन् ।विज्ञप्तिमा भनिएको छ, ‘मिति २०७९ साल माघ पाँचमा म प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित भएको र

यस पदको भूमिकालाई स्वतन्त्र र निष्पक्षरूपमा निर्वाह गर्नका लागि एमालेको पार्टी सदस्यता र पार्टीसम्बद्ध सम्पूर्ण राजनीतिक, साङ्गठनिक जिम्मेवारीबाट अलग भएको जानकारी गराउँदछु ।’बिहीबार भएको निर्वाचनमा घिमिरेको पक्षमा १६७ मत प्राप्त भएको थियो भने विपक्षमा १०० मत परेको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment