अष्ट्रेलिया – वेटरको काम र जिम्मेवारी कम्पनी अनुसार फरक-फरक हुन सक्छ। तर केही यस्ता काम र जिम्मेवारी पनि हुन्छन् जुन प्रत्येक कम्पनीको वेटरको हुन्छ। एक वेटरमा हुनैपर्ने गुण हुन् लगनशीलता र धैर्यता । यसबाहेक वेटरले
एकभन्दा बढी काम एकैचोटी गर्न सक्ने र आफूले पाएको निर्देशन अनुसार काम गर्न सक्ने हुनुपर्छ। ग्राहकलाई सन्तुष्ट पार्ने जिम्मावारी वेटरमाथि रहने हुँदा आफूले काम गर्ने ठाउँको प्रतिष्ठा जोगाउने जिम्मा पनि वेटरकै हुन्छ।वेटरको खराब व्यवहारले पूरै कम्पनीकै बद्नाम हुन सक्छ।
त्यसैले वेटरले आफूले काम गर्ने ठाउँको मेनु बारे राम्ररी बुझ्नुपर्छ जसले गर्दा मेनुमा उपलब्ध खानाबारे ग्राहकलाई राम्ररी बताउन सकिन्छ र ग्राहकलाई पनि मेनुमध्येको खान रोज्न सजिलो हुन्छ। यसका साथै वेटरले कुन सिटमा बसेको कुन ग्राहकले के अर्डर गर्यो भन्ने कुराको
हेक्का राख्नुपर्छ र अर्डर गरे बमोजिमको खाना किचनदेखि ग्राहकको टेबलसम्म पुर्याउनुपर्छ। यदि कोहि ग्राहकले अल्कोहल अर्डर गरेको छ भने सो ग्राहक कानुन बमोजिम अल्कोहल लिन सक्ने उमेरको हो कि होइन भन्ने कुराको ख्याल समेत वेटरले राख्नुपर्ने हुन्छ।
वेटरका मुख्य काम र जिम्मेवारी: १ – टेबल सफा र आकर्षक राख्ने २- टेबलको सेट अप चट्ट बनाइ राख्ने ३ – खाना तथा पेय पदार्थको ग्राहकसंग अर्डर लिने , अर्डर किचनसम्म पुर्याउने अनि ग्राहकको चाहना अनुसारको खाना टेबलमा डेलिभर गर्ने
४- पेमेन्टका लागि ग्राहक समक्ष टेबलमा बिल पेश गर्ने, साथै बाँकी पैसा फिर्ता गर्नुपरेको अवस्थामा फिर्ता पनि गर्ने।
अष्ट्रेलियामा वेटरको तलब : वेटरले अष्ट्रेलियामा प्रति घण्टा औसतमा २६.९५ अष्ट्रेलियन डलर पाउँछ। यो तलब कम्पनीको नियम र काम गर्ने व्यक्तिको कामको अनुभव अनुसार फरक-फरक हुन्छ। १ देखि ४ वर्ष सम्मको सम्बन्धित कामको अनुभव भएको व्यक्तिले योभन्दा धेरै पाउन सक्छ।
यो पनि – खाना सर्भ हुने ठाउँ जस्तै होटेल ,रेष्टुरेन्ट, क्याफे ,बेकरी ,क्याटरिंग कम्पनि आदिमा स्पेसल खाना पकाउने / तयार पार्ने र आकर्षित तरिकाले पेश गर्ने पेशा किचन शेफ हो। अष्ट्रेलियामा हस्पिटालिटी क्षेत्रमा करियरको राम्रो अवसर रहेकाले पनि किचन सेफ प्रति अष्ट्रेलिया आउनेहरुको आकर्षण बढेको हुन्छ।
किचन शेफको काम तथा जिम्मेवारी :१ – ग्राहकको अर्डर अनुसारको खाना तयार गर्ने र आकर्षक तरिकाले पेश गर्ने ।२ – किचन स्टाफको सुपरभिजन गर्ने।३ – बाँकी रहेको मासु तथा अन्य चिजको नयाँ मेनुको खानामा उपयोग गर्नु। ४ – मासु ,तरकारी , चिज ,फलफूल आकर्षक तरिकाले छिटो – छिटो काट्नु। ५ – किचनमा चाहिने सामानको सूची तयार पार्नु।
अष्ट्रेलियामा किचन शेफको तलब :अष्ट्रेलियामा किचन शेफको औसत तलब प्रति घण्टा २८.६० अष्ट्रेलियन डलर रहेको छ। किचन शेफ सम्बन्धि एक वर्षभन्दा कम कामको अनुभव भएको व्यक्तिले टिप्स ,बोनस ,ओभर टाइम सबै गरेर धेरै डलर कमाउँछन।
Leave A Comment