काठमाडौं । विमानमा चढेकी एक महिला यात्रुको भिडियो सामाजिक सञ्जालमा चर्चामा छ । उनको यो कार्य देखेर सबै छक्क परे । सहयात्रीहरु आतंकमा थिए । भिडियो हेरेपछि प्रयोगकर्ताहरूले ती महिलाको चर्को आलोचना गरेका छन् ।
घटना अमेरिकाको लस भेगासको हो ।वास्तवमा, स्पिरिट एयरलाइन्सको उडानबाट एक महिलालाई अफलोड गरिएको थियो। जसका कारण उनी रिसाएकी थिइन् । अवतरण गर्दा उनले विमान दु’ र्घटनाको कामना गरिन् । दु’ र्घटनामा सबै यात्रुको ज्यान जानेछ भनेर चिच्याउन थालिन् ।
उनको भनाई सुनेर त्यहाँ उपस्थित मानिसहरु छक्क परे । भिडियोमा एक ठाउँमा महिलाले भनिन्, ‘तिमी मेरो हैसियतमा भएको भए पनि यस्तै गर्थे ।’यसैबीच एक यात्रुले महिलाको यो कार्यको भिडियो बनाएर टिकटकमा अपलोड गरे । जहाँ अहिलेसम्म ३० लाखभन्दा बढी पटक हेरिएको छ ।
भिडियोमा महिलाले कराउँदै गरेको सुनिन सकिन्छ- मलाई आशा छ कि उडान दु’ र्घटना होस् र तपाईं सबै मर्नुहुनेछ। न्युयोर्क पोस्टको रिपोर्ट अनुसार ती महिला र उनका एक साथीलाई विमानबाट किन निकालियो भन्ने खुल्न सकेको छैन। तर, उनको भिडियो सामाजिक सञ्जालमा चर्चामा छ ।
भिडियोमा एक पुरुष र एक महिला विमानबाट बाहिर निस्किरहेको देखाइएको छ। सोही क्रममा सिटमा बसेका अन्य यात्रुले उनीहरुलाई ट्रोल गरिरहेका छन् ।भिडियोमा विमानका पाइलटलाई ककपिटबाट बाहिर निस्किएको पनि देखाइएको छ । उडानमा कोलाहल सुनिन्छ।
भिडियोमा धेरै प्रयोगकर्ताले प्रतिक्रिया दिएका छन् । एक प्रयोगकर्ताले लेखेका छन्– महिलाले यस्ता तीतो शब्द बोल्नु हुँदैन । अर्कोले भने– यात्रामा यस्तो चाहना, लाजमर्दो । तेस्रो प्रयोगकर्ताले लेखे- कल्पना गर्नुहोस् यदि विमान दु’ र्घटना भएको भए ।एजेन्सी –
यो पनि – बिहीबार दिउँसो स्याङ्जाको वालिङमा फुटबल खेल भइरहँदा एक्कासी हेलिकप्टर अवतरण भएको घटना सामाजिक सञ्जालमा चर्चाको विषय बन्यो। खेल चालु भइरहेको अवस्थामा एक्कासी हेलिकप्टर अवतरण भएको भन्दै आक्रोशित केही स्थानीयले पाइलट रनेश डंगोल र यात्रुमाथि हातपात गरे।
पोखराबाट वालिङको लागि उडेको प्रभुको उक्त हेलिकप्टरमा पाइलट र चार जना यात्रु थिए। जसमा विनोद गैरे, उज्जवल थापा, सुशील गिरी र खिमबहादुर राना छन्। हामीले यो घटनाबारे यात्रुमध्येका एक विनोद गैरेसँग कुराकानी गरेका छौं। गैरका अनुसार वालिङका स्थानीय उनीहरू सबै ठेकेदार हुन्।
बिहीबार उनीहरू पोखरामा थिए। त्यहीबेला गफैगफमा उनीहरूबीच वालिङमा भइरहेको फुटलब हेर्न जाने कुरा भयो। त्यसपछि आफूहरूले हेलिकप्टर बुक गरेको गैरेले बताए। उनले हेलिकप्टर साढे १ बजेको लागि बुक गरेको भए पनि मौसमका कारण ढिला उडान भएको बताए।
‘पोखराबाट साढे १ बजे उड्नुपर्ने थियो तर मौसमका कारण ढिला भयो। पछि वालिङका साथीहरूसँग समन्वय गर्दागर्दै मेरो मोबाइल अफ भयो,’ उनले भने। गैरेले हेलिकप्टर समयमै उड्न पाएको भए हिजोको समस्या नै नआउने बताए। खेल सुरू हुनु अगाडि नै अवतरण गर्ने आफूहरूको योजना भएको उनको दाबी छ।
आफू पनि स्थानीय वालिङ युनाइटेड क्लबको सदस्य रहेको उल्लेख गर्दै उनले हिजोको घटना नियोजित नभएको बताए। ‘खेल भइरहेको बेला अवतरण गर्ने कुनै नियत थिएन। म आफैं पनि वालिङ युनाइटेडको सदस्य हो। पोखराबाट १:३० मा उडेको भए १:४५ तिर वालिङ आइपुग्ने र क्लबहरूलाई पनि अलिकति सहयोग गर्ने भन्ने थियो।
तर मौसमका कारण अलिकति ढिला भयो,’ गैरेले भने। समयमै उडान भएर खेल सुरू हुनुअघि अवतरण भएको भए अहिले यो सबै हल्ला नहुने उनको भनाइ छ। उनले खेल चलिरहेका बेला हेलिकप्टर मैदानमा अवतरण गर्नु आफूहरूको गल्ती भएको उनले स्वीकारे।गैरेले भने, ‘खेल भइरहँदा ल्यान्ड गर्नु हामीबाट गल्ती भयो।
तर यो नियोजित थिएन। सोच्दै नसोचेको कुरा भयो।’ प्रभु हेलिकप्टरले भने यात्रुहरूले मैदानमै अवतरण गर्न दबाब दिएका कारण पाइलटले खेल मैदानमा हेलिकप्टर पुर्याएको बताएको छ।प्रतियोगिताको आयोजकले पनि यात्रुले मापसे गरेको र पाइलटलाई ल्यान्ड गर्न दबाब दिएको बताएको छ।
आयोजकका अध्यक्ष लालबहादुर ज्वार्चनले भने, ‘चारै जनाले मापसे गरेका रहेछन्। हामी आयोजक हौं, खेल मैदानमा लगेर ल्यान्ड गर्नुस्, हामी छौं भनेर पाइलटलाई भनेका रहेछन्।’ गरैले बाहिर आएका हल्लाहरू गलत रहेको दाबी गरे। ‘हामीमध्ये एकजनाले चाहिँ र’ क्सी खाएको थियो।
ठेक्कापट्टामा हिँड्ने हामी सुखदुःख मानेर खाइएको हो तर नियोजित, हेप्ने भन्नेजस्ता बाहिर आएको कुरा गलत हो,’ उनले भने, ‘हामीले पाइलटलाई कुनै दबाब दिएको होइन। दिएको हो भने उहाँले मान्नैपर्छ भन्ने पनि छैन नि।’ गैरेले हिजो घटनामा पाइलटको कुनै दोष नरहेको पनि बताए।
उनले पाइलटमाथि हातपात हुनु गलत रहेको बताउँदै आगामी दिनमा यस्तो घटना हुनु नहुने जनाए। ‘पाइलटको केही दोष छैन तर उहाँमाथि हातपात भएको कुराले अलिकति समस्या भयो। म पनि यहीँको स्थानीय हो र त्यो कुरामा मैले सबैसँग माफी मागिसकें,’ गैरेले भने।
Leave A Comment