Latest
img

पठान फिल्म हेर्न र शाहरुख खानलाई भेट्न पाएन भने २५ तारिख पोखरीमा हा’ म फालेर म’ र्छु– फ्यान

काठमाडौँ – बलिउडका किङ खान केही दिनमै पठानको भूमिकामा पर्दामा देखिने भएका छन् । चलचित्रलाई लिएर युवायुवतीमा निकै चर्चा चलिरहेको छ । हाल शाहरुख पठानको प्रमोशनमा व्यस्त छन् । फिल्मलाई लिएर फ्यानहरुको क्रेज प्रस्टै देखिन्छ ।

यसैक्रममा एक जबरा फ्यानले अनौठो धम्की दिएका छन् ।शाहरुख खानका एक फ्यानले जनवरी २५ मा पोखरीमा हाम फालेर आफ्नो जीवन समाप्त गर्ने घोषणा गरेका छन् । अब तपाई पनि सोचिरहनु भएको होला कि के हो रु त्यसोभए हामी तपाईलाई पुरा कथा सुनाउँछौं।

बलिउड करिडोरमा आजकल एउटै फिल्मको चर्चा छ र त्यो हो दीपिका पादुकोण र शाहरुख खानको फिल्म पठान ।हालै चलचित्र पठानको धनु ट्रेलर सार्वजनिक भएको छ । सधै जस्तै यस पटक पनि शाहरुखका फ्यान पठानलाई हेर्न आतुर छन् । किंग खानका एक जबरा फ्यानले उनको क्रेजको हद नाघिसकेका छन् ।

फ्यानले भिडियो बनाएर आत्महत्या गरे गर्ने धम्कि दिएका छन् । भिडियोमा पोखरीको छेउमा उभिरहेको देख्न सकिन्छ ।भिडियोमा ती व्यक्तिले भनेका छन्– ‘पठान फिल्म हेर्न र शाहरुख खानलाई भेट्न पाएन भने २५ गते पोखरीमा हाम फालेर मर्छु । यार , शाहरुख खानलाई भेटेर पठान फिल्म हेर्ने सपना थियो

तर पैसाको कारण पठान फिल्मको टिकट पाउन सकिन र मलाई कसैले सहयोग गर्न सकेन । त्यसैले म २५ गते यही पोखरीमा हाम फालेर आ’ त्मह’ त्या गर्छु र यदि शाहरुख खानलाई भेट्न नसकेमा ।पठानको लागि कम्तिमा एउटा टिकट लिनुहोस्, यार। कृपया मलाई मद्दत गर्नुहोस् ब्रो।

किङ खानका फ्यानको यो फनी स्टाइललाई मानिसहरूले मन पराइरहेका छन् र भिडियोमा धेरै कमेन्ट गरिरहेका छन्। यद्यपि यो पहिलो फ्यान होइन जसले यस्तो गरेको हो। भर्खरै खबर आयो कि शाहरुख खानको फ्यान क्लबले फर्स्ट डे फर्स्ट शोका लागि सबै टिकट बुक गरिसकेको छ । मुम्बईको गेटी ग्यालेक्सी थिएटर बिहान ९ बजेको लागि बुक गरिएको छ।

यो पनि – अभिनेता शाहरुख खानको फिल्म ‘पठान’ हालका दिनमा चर्चाको विषय बनेको छ । जब यो फिल्मको टिजर रिलिज भयो, त्यो समयदेखि नै फ्यानका लागि फिल्म प्रतिक्षाको विषय बनेको छ । फिल्मको पहिलो गीत ‘बेशरम रंग’ रिलिज हुनासाथ गीत र दीपिका पादुकोणको भगवा बिकिनी लुकले विवाद र चर्चामा ल्यायो ।

गीतले अश्लीलतालाई प्राथमिकता दिएकोसम्म आरोप लाग्यो । यो फिल्म २५ जनवरीमा रिलिज हुँदैछ । यहाँ फिल्मका पाँच किस्सा प्रस्तुत छ, जसलाई फिल्म सुपरहिट हुने आधार मानिएको छ ।फिल्ममा शाहरुखको लुक्स निकै अलग रूपमा देखाइएको छ । उनी लामो कपालमा निकै ‘कुल’ देखिएका छन् ।

यो फिल्मकै लागि शाहरुखले कैयौं महिनासम्म कपाल नै काटेका थिएनन् ।फिल्मका लागि बलिउड कलाकारलाई निकै कडा तालिम दिइएको थियो । फिल्मका लागि उनीहरूले हिउँमा बाइक चलाउने र कुदिरहेको रेलमाथि हिँड्ने जस्ता तालिम दिइएको थियो । उनीहरुले कडा मेहनत गरेर लिएको तालिमलाई सुटिङमा पनि त्यसरी नै पूरा गरेका थिए ।

फिल्ममा दर्शकले अभिनेत्री दीपिका पादुकोणको दमदार एक्सन हेर्न पाउँछन् । फिल्ममा शाहरुखको भन्दा बढी एक्सन दीपिकाको रहेको बताइएको छ ।फिल्मको प्रि–प्रोडक्सनमा निकै समय लागेको थियो । अर्थात झन्डै दुई वर्ष निर्माण युनिटले प्री प्रोडक्सनमै समय बितायो । यसका लागि उनीहरूले विश्वभरका विभिन्न स्थानको चक्कर काटे ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment