Latest
img

बैंकको ऋण तिर्न नसकेपछी आ’ त्मह’ त्या, बैंकले लगातार तनाव दिएको सु’ साइड नोट फेला

संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारका एक ब्यक्तिले बैंकको ऋण तिर्न नसकेर आ’ त्मह’ त्या गरेको आफन्तले आरोप लगाएका छन् ।खाँदबारी–९ तुम्लिङटारका स्थानीय ५९ बर्षीय बलबहादुर श्रेष्ठले आ’ त्मह’ त्या गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभा प्रहरी निरिक्षक सरोज खनालले बताए ।

उनको अनुसार, श्रेष्ठले गयराती नै आ’ त्मह’ त्या गरेको जस्तो देखिएको छ तर प्रहरीलाई बिहिबार विहान १० बजे मात्रै खबर आएको हो । मृ’ तकको साथबाट सु’ साइट नोट समेत फेला परेको छ, सो सु’ साइट नोटमा बैंकले लगातार त’ नाव दिएकाेले आत्महत्या गरेकाे उल्लेख भएको प्रनि खनालको भनाइ छ ।

घरमा एक्लै रहेका श्रेष्ठ विहान ८ बजेसम्म बाहिर ननिस्किएपछि छिमेकीले खोजतलास गरेका थिए । खोजतलास गर्ने क्रममा घर भन्दा केही पर जंगलमा पा’ सो लगाएको अवस्थामा फेला परेका थिए । त्यसपछि छिमेकीहरु भेला भई प्रहरीलाई खबर गरेका थिए ।

मृ’ तकको पो’ ष्टमार्ट’ मका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको प्रहरीको भनाइ छ ।स्थानीय श्रेष्ठले तुम्लिङटार स्थित प्राइम कर्मसियल बैंकबाट ऋण लिएको र ऋण तिर्न बैंकको कर्मचारीको टर्चर धेरै भएकाले आ’ त्मह’ त्या गरेको आफन्तहरुले आरोप लगाएका छन् ।

किराना पसल संचालन गर्दै आएका श्रेष्ठलाई बैंकका कर्मचारीहरु दिनहुँ ऋण असुली गर्न दवाव दिन थालेपछि उनी दिक्क बनेको छिमेकीहरुलाई बताउने गरेका थिए । बिहिबार श्रेष्ठले बैंकमा ४५ हजार रुपैया दाखिला गर्नुपर्ने थियो ।हिजो उनले छिमेकी र साथीभाइसँग सापट गरेर पाँच हजार रुपैया बुझाएका थिए ।

आज ४५ हजार रुपैया बुझाउनुपर्ने भएकाले आफुसँग पैसा नभएको र बेलुकी सम्म सापट गर्दा समेत ४ हजार ६ सय मात्रै संकलन भएपछि राती घरायसी कारण र बैंकको दवावका कारण आ’ त्मह’ त्या गरेको हुन सक्ने मृ’ तकको सालो देवराज श्रेष्ठको भनाइ छ ।

भिनाजुले सु’ साइड नोट लेख्नुभएको छ, त्यहाँ बैंकको दवावको कारण आफुले आ’ त्मह’ त्याको बाटो रोजेको उल्लेख गरेको सालो देवराजले बताए ।छिमेकी लक्ष्मीप्रसाद तामाङले श्रेष्ठको घरमा बैंकका कर्मचारीहरु दैनिक ३, ४ पटक आएर दवाव दिने गरेको बताए ।

मृ’ तकका आफन्त तथा चेम्वर अफ कमर्स संखुवासभाका अध्यक्ष सुमन श्रेष्ठले बैंकको अनावश्यक दवावको कारण बलबहादुर श्रेष्ठले आ’ त्मह’ त्या गरेको आरोप लगाए । उनले बैंकका कर्मचारी दिनहुँ गएर अ’ पमानजनक शब्दहरु प्रयोग गर्ने भएकाले मानसिक रुपमा सहन नसकेर नै मृ’ त्यू रोजेको बताए ।

मृ’ तक श्रेष्ठको श्रीमती, दुई छोरा र एक छोरी छन् । कान्छो छोरा रोशन भारतीय सेनामा कार्यरत छन् भने जेठो छोरा राजु जापान जाने तयारी गर्नका लागि काठमाडौ बस्र्दै आएका छन् । छोरी जापानमा बस्र्दै आएकी छिन् । छोरीले बोलाएर श्रीमती भ्रमणका लागि जापान गएको १५ दिन भएको छ । जेठी बुहारी भोजपुरको दिङ्लामा रहेको क्याम्पसमा कार्यरत रहेकी छिन् ।

उनी घरमा एक्लै भएको अवस्थामा बैंकको ऋण असुली गर्न नसकेको र छोरी बुहारी र भाइहरुले समेत आफुलाई सहयोग नगरेकाले आ’ त्मह’ त्या गर्न बाध्य भएको ‘सु’ साइड नोट’मा लेखेका छन् ।यता प्राइम बैंक तुम्लिङटारका मेनेजर मुकेशकुमार सिंहले बैंकले दवाव नदिएको ऋण असुली गर्न मात्रै सम्झाएको बताएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment