Latest
img

ज्यान बचाउन १२औं तलाबाट हा’ म्फाल्दा ज्यान गुमाएका निराकारको आखाभरि आशु पारेर झापामा गरियो अ’ न्त्येष्टि

काठमाडौँ – कम्बोडियाको आगलागी घटनामा परी मृ’ त्यु भएका बिर्तामोड नगरपालिका १ का निराकार पाण्डेको श’ व आज झापास्थित निवासमा ल्याएर आजै अ’ न्त्येष्टि गरिएको छ । कम्बोडियाको ग्राण्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा

गत पुस १४ गते राति भएको भीषण आगलागीमा ज्यान बचाउन १२औं तलाको झ्यालबाट हा’ म्फाल्दा उनको मृ’ त्यु भएको थियो । शुक्रबार कम्बोडियाबाट काठमाडौं ल्याइएको उनको श’ व आज दिउँसो १२ः३० बजेतिर बिर्तामोडस्थित निवासमा पुर्‍याइएको थियो ।

युवा व्यवसायी पाण्डे भिजिट भिसामा थाइल्यान्ड र कम्बोडिया गएको अवस्थामा उक्त घटना भएको थियो । उनको श’ व निवासमा ल्याइने खबर थाहा पाएर आज बिहानैदेखि पाण्डे निवासमा हजारौं शुभचिन्तकको भीड लागेको थियो । मृ’ तक पाण्डे बिर्तामोड १ का वडाध्यक्ष अग्नि पाण्डेका छोरा थिए ।

पाण्डेको श’ व ल्याउन नेपाल सरकारले सहयोग गरेको हो । बिर्तामोडस्थित निवासबाट पाण्डेको श’ वयात्रा गरिएको थियो । श’ वयात्रामा सहभागी हुन ठुलो संख्यामा मानिसहरु भेला भएका थिए । आजै कनकाई माईमा पाण्डेको अ’ न्त्येष्टि गरिएको छ ।

हजारौँ शुभचिन्तकको भिड आज बिहानदेखि नै पाण्डेको घरमा थियो । घटनालगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले पाण्डेको मृ’ त्युमा गहिरो शोक व्यक्त गर्दै श’ व ल्याउन सरकारले सहयोग गर्ने बताएका थिए ।नेपाल सरकारको सहयोगमा उनको श’ व शुक्रबार राती ११:२० बजे काठमाडौं आइपुगेको थियो।

परिवारजनले श’ व बुझेर काठमाडौँबाट राति १२:४० बजे झापाका लागि प्रस्थान गरेका थिए। उनको श’ व शनिवार दिउँसो साढे १२ बजे घर ल्याइएको थियो। त्यसपछि घरबाट निकालिएको श’ वयात्रामा बिर्तामोडसहित जिल्लाका विभिन्न भागबाट आफन्त नातागोता, सामाजिक, राजनीतिक, शैक्षिक, व्यावसायिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

यो पनि – यती एयरलाइन्सको विमान दु’ र्घटनामा ज्यान गुमाएका महेन्द्रनगरका आमा छोराको अ’ न्तेष्टी गरिएको छ। भीमदत्त नगरपालिका–४ का सुष्मा भट्ट र उनका कान्छा छोरा श्लोकको शनिबार महाकाली आर्यघाटमा हिन्दु परम्परा अनुसार उनीहरुको दाहसंस्कार गरिएको पारिवाररिक स्रोतले जनाएको छ।

विमान दु’ र्घटनामा ज्यान गुमाएका सुष्मा महेन्द्रनगरका व्यवसायी सञ्जिवचन्द्र भट्टकी श्रीमती हुन भने स्लक उनका कान्छा छोरा हुन।माघ १ गते काठमाडौंबाट पोखरा जादै गर्दा उनीहरु सवार यती एयरलाइन्सको जहाज पोखरा विमानस्थल नजिकै सेती खोँचमा दुर्घटनाग्र’ स्त भएको थियो। दु’ र्घटनमा चालक दलका ४ सहित ७२ जनाले ज्यान गुमाएका थिए।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment