काठमाडौँ – हिजो साझ देखि सामाजिक संजालमा केहि क्लिपहरु निकै भाईरल छन् । उक्त भिडियोका क्लिपहरु टिकटक र अन्य सामाजिक संजालमा पनि छ्यापछ्यापति छन् । उक्त भिडियोमा बाल कलाकार सचिनका बुवा तेजेन्द्र परियारको हुर्मत लिने कोशिश गरिएव्को छ ।
सामाजिक संजालमा अपलोड गरिएको असान्दर्भिक भिडियोमा केहि युटुबेको दादागिरि देखिन्छ ।करिब ८ मिनेट लामो उक्त प्राईभेट भिडियोमा तेजेन्द्र परियार माथि मा’ दक पदार्थ सेवन गरिको आरोप लगाउदै युटुबेहरु उनि माथि आईलाग्छन । इन्द्रेणी नामक युटुबमा अपलोड गरिएको भिडियोमा एक युटुबर बोल्छन -‘दर्शकबिन देखिरहनु भएकोछ सचिनको बाउले र’ क्सि खाएर हस्पिटलमा एकदमै लफडा गरेको छ’ ।
उनको भाषा सुन्दा लाग्छ उनि तेजेंद्रलाई हुर्मत लिने प्रयासमा छन् । उनको भाषा तेजेन्द्रसँग बदला लिन खोजिरहेको सुनिन्छ ।लाग्छ तेजेन्द्रले ठुलै गल्ति गरेका छन् । भिडियो अनुसार तेजेन्द्रले क्यान्टिनमा मासुभात खाको र’ क्सि खाएको आरोप लगाइन्छ । भिडियोमा भोजराज थापा नाम गरेका एक भाइरल युटुबर पनि देखिन्छन ।
उनि पनि घुमाउरो तरिकाले तेजेद्रलाई पाठ पढाएरै छाड्ने लाइनमै देखिन्छन ।भिडियो हेर्दा उनि यो भिडियोका खलनायक जस्तो देखिन्छन । भिडियोमा तेजेन्द्र माथि आ’ क्रमण हुन्छ ।लछार पछार हुन्छ । पटकपटक हात हाल्न खोजिन्छ । उपस्थितले भिडियो नखिच्न अनुरोध गर्छन ।
तर ति युटुबर आफु मिडियाकर्मी रहेकोले भिडियो खिच्ने अड्डी कस्छन ।उनि भन्छन – ‘म मिडियाकर्मी हु भिडियो खिच्छु म बन्द गर्दिन’। उनि सोच्छन मिडिया कर्मी को हवाला दिएपछि जस्तो सुकै निजि भिडियो पनि खिच्न पाइन्छ । अनि आफ्नो क्यामरामा कैद गरिरहन्छन तेजेन्द्रको निजि जिबनको असान्दर्भिक भिडियो ।
आफ्नो छोरालाई देखाएर पेट पाल्न पल्किएका युटुबरमाथि तेजेन्द्र पनि आ’ क्रामक देखिन्छन । उनि भन्छन – ‘ यी युटुबेले मेरो छोरो देखाएर पैसा कमाए मेरो छोराको अपरेशन गर्ने बेला फर्किएर आएनन ।’ तेजेन्द्रको बोलि अनि ति युटुबरको बोलीको चुरो कुरो बुझ्न अब गार्हो छैन ।
त्यो चुरो कुरो हो पैसा । तेजेन्द्रलाई सचिनको नाममा उठाएको पैसा हिनामिना गरे भन्ने शंका छ ।युटुबेको व्यवहारले आजित छन् । युटुवरलाई भने कसरि डलर झर्ला भन्ने पिरलो छ ।भिडियोमा तेजेन्द्रलाई लछारपछार गरिन्छ । र’ क्सि खाएको आरोप लगाईन्छ ।
अनि प्रहरी बोलाएर छोराको उपचार गर्न अस्पतालमा रहेका पितालाई प्रहरीको जिम्मा लगाएर पठाईन्छ ।पछिल्लो दिनहरुमा युटुबरहरु पारिवारिक घटनालाई उछालेर डलर कमाउने ध्यानमा छन् । पारिवारिक बिबादलाई क्यामेरामा खिचेर केहि युटुबर गाडी चड्छन् भने केहि युटुवर विलाशी जिबन बिताइरहेका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि बालगायक सचिन परियार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार रत छन् ।युट्युबमा अन्तर्वार्ता दिएर भाइरल समेत बनेका उनले चर्चित टीभी श्रृंखला ‘मेरी बास्सै’ र अभिनेता राजेश हमालसँग केही सांगीतिक भिडियोमा अभिनय गरेका छन् ।
Leave A Comment