काठमाडौं:
आफ्नो कार्यकालको उत्तरार्ध तथा सर्वोच्च अदालतमा फेरि फर्किने नफर्किने यकिन नभइसकेका निलम्बित प्रधानन्यायाधीश
चोलेन्द्रशमशेर जबराले जाँदाजाँदै अरुको पनि पोल खोलेका छन् ।
प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले बयान लिँदा उनले उच्चपदस्थ व्यक्तिको नाम लिदैँ सोचनिय प्रश्नहर उठाएका छन ।
प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले जबराले उठाएको आवाजमाथि अध्ययन गर्ने भएको छ ।
समितिका सदस्य प्रमोद साहले जबराले बयानका क्रममा विभिन्न व्यक्तिलाई ग’म्भीर आ’रोप लगाएकाले पनि उनीहरूलाई पनि बोलाइने तयारी भएको बताए ।
बयानका क्रममा जबराले प्रधानमन्त्री शेरबहादुर देउवा, गठबन्धनका नेता तथा सांसद, सहकर्मी न्यायाधीश,
नेपाल बार र सर्वोच्च बारका पदाधिकारी, वरिष्ठ अधिवक्ता, पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूमाथि ग’म्भीर आ’रोप लगाएका छन् ।
मंगलबार जबराको बयान सुरु हुनुअघि सञ्चारकर्मीसँगको कुराकानीमा सदस्य साहले भने, ‘जबराले नाम लिएका व्यक्तिहरूसँग पनि बयान लिने तयारी छ ।
कसैले कसैमाथि आ’रोप लाउँदा पुष्टि हुने कुरा होइन । त्यसैले आरोप लगाइएका व्यक्तिहरूका कुरा पनि सुनिनुपर्छ भन्ने हो ।’
जबरावि’रुद्ध उ’जुरी दिने व्यक्तिहरूलाई छलफलका लागि बोलाउने कि भन्ने विषयमा समितिको आन्तरिक बैठकमा चर्चा भएको थियो ।
समिति सदस्य साहले यही मसान्तभित्र प्रतिवेदन तयार गरी संसद्समक्ष पेस गर्ने तयारी भएको पनि बताएका छन् ।
साथै महाभियोग गम्भी’र कुरा भएको उल्लेख गर्दै बयान र प्रमाणहरू मेल खाएको उनको भनाइ छ । जबरामाथि लागेका केही आरोप प्रमाणित भएको पनि साहले बताए ।
‘महाभियोग भनेको त्यत्तिकै लाग्दैन, यो ठूलो आरो’प हो । बयान र प्रमाणहरू मेल पनि खाएका छन् ।
यही महिनाभित्र प्रतिवेदन तयार गरेर पेस गर्ने तयारी हो । हामीले प्रतिवेदन तयार पार्ने हो । महाभियोग फेल हुन्छ वा पास हुन्छ ।
महाभियोग लाइसकेपछि के कुरा आयो भन्ने त प्रस्ट आउनुपर्यो नि । एमालेका साथीहरूले सोध्नुभएको प्रश्नहरूले पनि महाभियोग लाग्नुपर्छ भन्ने नै देखिन्छ ।
उहाँमाथि लगाइएका आ’रोपहरू धेरै प्रमाणित भएको पनि देखिन्छ,’ उनले भने ।
Leave A Comment