Latest
img

श्रीमान श्रीमतीलाई एउटै चितामा राखेर दा’ हसंस्कार

पोखराको सेती खोँचमा भएको जहाज दु’ र्घटनामा परी निधन भएका पोखरा–४ गणेशटोल निवासी डाक्टर परिवारको सामूहिक दा’ हसंस्कार गरिएको छ ।दु’ र्घटनाको आठ दिनपछि अस्पतालले परिवारलाई श’ व बुझाएपछि पोखरा सेती नदीस्थित तुल्सी घाटमा आज सामूहिक दा’ हसंस्कार गरिएको हो।

काठमाडौंबाट पोखरा आउने क्रममा जहाज दु’ र्घटनामा परी पोखरा-४ गणेश टोल निवासी एकै परिवारका ३८ वर्षीय डा सुशील श्रेष्ठ, उनकी श्रीमती डा सोना श्रेष्ठ र १५ महिने छोराको नि’ धन भएको थियो। सेती नदीमा आइतबार डाक्टर दम्पतीलाई एउटै चितामा दागबत्ती दिइएको छ भने नाबालक छोराको व्रतबन्ध भइनसकेका कारण सेती नदीको किनारमा गा’ डिएको छ।

सुशीलका बुबा मदनकाजी विभिन्न रो’ ग र परिवारको चिन्ताका कारण कि’ रिया बस्न सक्ने अवस्था नहुँदा एक ब्राह्मणलाई कि’ रिया बस्न लगाइएको छ। तीन जनाकै श’ व क्ष’ तविक्षत अवस्थामा थिए। डा सुशील दुई वर्षदेखि राष्ट्रिय ट्रमा सेन्टरमा अर्थोपेडिक सर्जनका रूपमा कार्यरत थिए।

डा सोना पनि एमडी गर्दै थिइन्। डा सुशीलले काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस पढेर चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट अर्थोपेडिक सर्जरीमा एमडी गरेका थिए। शो’ कमा डु’ बेको परिवारलाई सान्त्वना दिन आज मदनकाजी श्रेष्ठको घरमा थुप्रै छिमेकी जम्मा भएका थिए ।

मदनकाजी श्रेष्ठ नेकपा (समाजवादी) पार्टीका सल्लाहकारसमेत हुन्। परिवारको नि’ धनका कारण मदनकाजीको आँखामा आँसु आठ दिनदेखि थामिएको छैन । घरमा श’ व ल्याएपछि बुबा मदनकाजीलाई सम्हाल्नै नसकिएको छिमेकी कृषमान पालिखेले सुनाए। सुशीलकी आमा पनि परिवारको सम्झनाले मु’ र्छित अवस्थामा छन्।

विभिन्न रो’ गसँग लड्दै आएका श्रेष्ठलाई आइतबार पोखरामा भएको जहाज दु’ र्घटनाले परिवारमा परेको ब’ ज्रपातले झनै कमजोर बनाएको छ। उनका कान्छा छोरा, बुहारी र १५ महिने नातिको पोखराको सोती खोँचमा भएको जहाज दु’ र्घटनामा परेर नि’ धन भएको हो।

परिवारसँग बसेर खुसीसाथ माघे सङ्क्रान्ति मनाउने सपना बोकेर काठमाडौंबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको एटीआर दु’ र्घटनाले मदनकाजीका कान्छा छोरा ३८ वर्षीय डा सुशील श्रेष्ठ, बुहारी डा सोना र १५ महिने नाबालक नातिको सपना अधूरै बन्यो।

‘आँखामा राखे पनि नबिझाउने, अनुशासित डा सुशील, उहाँकी पत्नी र छोराको नि’ धनले गाउँ नै शो’ कमा डुबेको छ । सबैलाई सम्मान र अनुशासित व्यक्तिको नि’ धनले समाज र गाउँलाई नै टुहुरो बनाउँदो रहेछ’, पालिखेले भने, ‘भुल्छु भन्दा पनि उनीहरूले आफूप्रति गरेको माया र सम्मानलाई भुल्नै सक्दिन।’

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

Related Post

Leave A Comment